
एक समय ‘आमाको आर्शिवाद’, ‘गाउँले’, ‘पापी मान्छे’, ‘पर्खि बसेँ’, ‘हिम्मत’ जस्ता सफल फिल्मको निर्देशन गरेका दीपक श्रेष्ठ ‘रङ वे’पछि ७ वर्ष निर्देशनबाट टाढा बसेका थिए । लकडाउनपछि फिल्म ‘घिन्ताङ’बाट निर्देशनमा कमब्याक गरेका उनी अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्ममा नायक दयाहाङ राई अनुबन्ध भएका छन् ।

यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको अष्टमान महर्जन निर्देशित फिल्म ‘गुञ्जन’को नयाँ गीत ‘केवल तिम्रैतिर’ सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री सारा सिर्पाली र नव अभिनेता प्रितमराज सेन्चुरी प्रस्तुत छन् । दुबईको मरुभूमि र विभिन्न आकर्षक स्थानमा छायांकन भएको गीतमा सारा र प्रितमको केमेस्ट्री सुहाएको देखिन्छ ।

स्क्रिप्टलाई दृश्यभाषामा उतार्नु आफैंमा चुनौतीको काम हो । स्क्रिप्टको भाव दृश्यमा ७० प्रतिशत उतार्न सकेको खण्डमा मात्रै पनि फिल्म हेर्न लायक बन्छ । तर, नेपालमा स्क्रिप्टसँग दृश्यभाषाको तालमेल नै हुँदैन । विशेषगरी यो कमजोरी निर्देशन पक्षबाट हुन्छ र त्यसको असरको रंग कलाकारले निभाउने पात्रमाथि देखिन्छ । तथापि, दोषको भारी निर्देशकले भन्दा कलाकारले बढी बोक्नुपर्छ ।

अन्ततः बलिउड सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षीत कमब्याक फिल्म ‘पठान’को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । मंगलवार युट्युबमा सार्वजनिक ट्रेलरमा शाहरुखसँगै जोन अब्राहम र दीपिका पादुकोण एक्सन अवतारमा प्रस्तुत छन् । फिल्ममा शाहरुखले एक एजेन्टको भूमिकामा छन्, जसको नाम पठान हो । ट्रेलर हेर्दा जोन फिल्ममा भिलेनको भूमिकामा रहेको बुझिन्छ ।

फिल्म समीक्षकको रुपमा परिचित दीपेन्द्र लामा अहिले फिल्म निर्देशनमा जमिरहेका छन् । फिल्म ‘घामपानी’बाट निर्देशकिय यात्रा थालेका उनले ‘गोपी’, ‘छ माया छपक्कै’ र यस वर्ष प्रदर्शित फिल्म ‘दुई नम्बरी’को निर्देशन गरिसकेका छन् । यसमध्ये ‘छ माया छपक्कै’ ब्लकबस्टर, ‘दुई नम्बरी’ सुपरहिट र ‘घामपानी’ सेमी हिट भए । यिनै फिल्मका कारण अहिले उनको व्यस्तता बढ्दो छ ।

कलाकारितामा केही भोटो फटाएपछि प्रायःमा निर्देशनको मोह जाग्न थाल्छ । आफ्नो सोचअनुरुप काम गर्ने हुटहुटीले निर्देशनमा फड्को मार्ने कलाकारको सूचि लम्बिँदो छ । भुवन केसी, निखिल उप्रेती, सरोज खनाल, रेखा थापा, दीपाश्री निरौला, विराज भट्ट जस्ता कलाकारले निर्देशकको परिचय बनाइसकेका छन् । कलाकार कुञ्जना घिमिरे (सुन्तली)मा पनि निर्देशन मोह देखिएको छ ।

