Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4327 - 4332 of 23807
फिल्मीखबर, काठमाडौं, 2023-03-15, बुधवार

कलाकार हुन् वा निर्देशक, हिट फिल्मको भोका दुवै हुन्छन् । किनकि, फिल्म हिट हुँदा करिअर सन्तुलित रहन्छ । चर्चा र कामको कमी हुन्न । फिल्ममा लामो यात्रा गर्नका लागि यी दुई कुराको तालमेल हुन अत्यावश्यक हुन्छ । तर, फिल्म बनाउन जति गाह्रो छ, व्यावसायिक रुपमा सफल हुन त्योभन्दा मुश्किल छ । अहिलेको अवस्थामा त झन् फिल्म हिट दिन सक्नु इतिहास रच्नु बराबर हो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-15, बुधवार

चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशालाको आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला हुन लागेको हो । यो कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-14, मंगलवार

फोटो पत्रकारितामा गर्विलो नाम बनाएका श्रीधर पौडेलको परिचय फिल्म निर्माताको रुपमा पनि छ । राष्ट्रिय पुरस्कार जित्न सफल फिल्म ‘गोपी’ उनको पहिलो निर्माण थियो । व्यावसायिक रुपमा फिल्म सफल बन्न नसके पनि उनले जुन विषयमा लगानी गर्ने आँट गरे, त्यो आफैंमा प्रशंसनीय थियो । फिल्मले कृषकले बेहोर्नुपर्ने समस्या बोलेको थियो भने पशुपालनमा सम्भावना देखाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-14, मंगलवार

करिब चार वर्षअघि निर्माण भएको फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को आगामी जेठ १९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि २०७६ सालको चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा कोरोना महामारीका कारण सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगन भएको थियो । फिल्म भूकम्पको कथामा आधारित छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-14, मंगलवार

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन/चार हप्तामा वर्षा पनि अमेरिका उडेकी थिइन् । तर, डेढ महिना अमेरिका बसेर फर्किएपछि उनले आशिषसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-14, मंगलवार

एक समयकी ‘नम्बर वान नायिका’ रेखा थापा तीन वर्षपछि पर्दामा फर्किने प्रयासमा छिन् । आगामी बैशाखबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि अहिले उनी कलाकार छनोटमा व्यस्त छिन् । उनकै निर्माण तथा मुख्य भूमिका रहने फिल्ममा सोमबार अभिनेत्री पूजा शर्मा अनुबन्ध भएकी छन् । निर्देशक ज्ञानेन्द्र देउजालाई साक्षी राख्दै रेखाले पूजासँग कागजी सम्झौता गरेकी हुन् ।

Results : 4327 - 4332 of 23807