Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4243 - 4248 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-04-06, बिहिवार

एक घटनाका कारण ठ्याक्कै एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता तथा मोडल पल शाह एक महिना परिवारसँग समय विताएपछि आफ्नो रोजीरोटीको काममा फर्किएका छन् । उनी एक वर्षपछि म्यूजिक भिडियोमार्फत छायांकनमा फर्किएका हुन् । बिहीबार मुस्ताङ वरपर छायांकन भइरहेको ‘आँशु बनी नखस कैले नि’ बोलको रोमान्टिक गीतमा पलले अभिनय गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-06, बिहिवार

निर्देशक निश्चल बस्नेतले फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिजपछि ‘दिमाग खराब’ नाममा फिल्म बनाउने तयारी गरेका थिए । तर, चलचित्र विकास बोर्डमा नाम दर्ता नगरी फिल्म घोषणा गरिएकाले उक्त नाम अर्कै कम्पनी उम्कायो । तर, तीन वर्षसम्म यो नाममा फिल्म नबनेपछि निर्माण इजाजत रद्द भयो । र, निश्चलले आफ्नो कम्पनीबाट आफैं निर्देशक रहने गरी उक्त नाम बोर्डमा दर्ता गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-04-06, बिहिवार

भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको प्रमोद कँडेल निर्देशित फिल्म ‘बहाव’लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार साँझ काठमाडौंको वान् सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ तथा व्यवसायीहरुले फिल्मको कथावस्तु फरक लागेको प्रतिक्रिया जनाए । कलाकारको अभिनयको प्रशंसामा पनि अधिकांश पाहुनाहरुले शब्द खर्चिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-04-05, बुधवार
एजेन्सी, मुम्बई, 2023-04-05, बुधवार

सन् २०१९ को ब्लकबस्टर फिल्म ‘वार’को दोस्रो श्रृंखलामा बलिउड र साउथ फिल्मका दुई सुपरस्टार आमने-सामने हुने भएका छन् । पहिलो श्रृंखलामा ऋतिक रोशन र टाइगर श्राफ मुख्य भूमिकामा रहेकोमा फिल्मको दोस्रो फ्रेन्चाइजमा ऋतिक यथावत् छन् भने अर्को क्यारेक्टरमा साउथ सुपरस्टार जूनियर एनटीआरको प्रवेश भएको छ । दुवैले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-05, बुधवार

दुई हप्ता अगाडि सञ्चारकर्मी विश्व लिम्बूको पोडकास्टमा अभिनेत्री मिरुना मगरले आफूलाई एक फिल्मबाट अहिलेका एक चर्चित कलाकारले निकाल्न प्रयास गरेको खुालासा गरेपछि यो विषय यतिबेला फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ । मिरुनाले फिल्म र कलाकारको नाम नखुलाए पनि उनले बोल्ने क्रममा गरेका केही संकेतले भने कुन फिल्म र को कलाकार हो भन्ने लगभग बुझिन्छ ।

Results : 4243 - 4248 of 23812