
नयाँ वर्षको अवसर पारेर यही शुक्रबारबाट तीन फिल्म प्रदर्शन हुँदैछन् । त्यसमध्ये एक हो, जारी प्रथामाथि बनेको फिल्म ‘बुलाकी’ । ट्रेलरदेखि पोस्टरसम्मले बटुलेको सकारात्मक प्रतिक्रियाको फाइदा फिल्मको व्यापारमा हुने विश्वासमा निर्माण टिम छ । तर, फिल्मले अन्य दुई फिल्मको तुलनामा मल्टीप्लेक्सहरुमा अत्यन्त न्यून शोज पाएको छ । यसबाट फिल्मको निर्माण टिम खुसी छैन ।

चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी सबै फिल्मको कमाई सार्वजनिक गरेपछि फिल्म क्षेत्रमा ठूलो भूकम्प आएको छ । आफ्नो फिल्मले करोडौं कमाएको झ्याली पिट्ने निर्मातालाई बोर्डको बक्स अफिस सिस्टममा देखिएको डाटाले गलत देखाउँछ । यसैले सम्बन्धित फिल्मका निर्माताहरुले बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आगो ओकल्न सुरु गरेका छन् ।

२०७९ साल विदा हुन अब एक दिन बाँकी छ । कोरोना महामारीले थला परेको नेपाली फिल्म क्षेत्र यस वर्ष केही हदसम्म जुर्मुरायो । ४६ वटा फिल्म रिलिज भएकोमा दुई फिल्म ब्लकबस्टर, दुई फिल्म सुपरहिट र पाँच फिल्म हिट भए । अन्य वर्षको तुलनामा यो सुखद हो । तर, लगानी सुरक्षित गर्ने फिल्मभन्दा पोस्टर छपाईको पैसा समेत नउठाउने फिल्मको संख्या यो वर्ष पनि सर्वाधिक छ ।

फिल्म ‘प्रसाद २’का लागि २०७९ साल सुखद रहेन । कलाकारदेखि निर्देशकसम्म हेरफेर, छायांकनको क्रममा लफडा, रिलिजको मुखमा निर्माता सुभाष थापाविरुद्ध प्रहरीदेखि फिल्म सम्बद्ध संघ-संस्थामा जाहेरी, निर्माता थापाविरुद्ध बैंकिङ कसूरको मुद्धामा पक्राउ पुर्जी जारी, उच्च अदालत पाटनद्वारा तत्काललाई फिल्म रिलिज नगर्न आदेश आदि घटनाले फिल्म झमेलै झमेलामा फस्यो ।

आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेका चार फिल्ममध्ये ‘नाईं नभन्नू ल ६’ अन्तिम घडीमा आएर पोस्टपोन्ड भएको छ । यो फिल्मले मैदान छोड्दा नयाँ वर्षका ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’लाई धेरै ठूलो राहत मिलेको छ । ‘नाईं नभन्नू ल ६’ अब आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने सम्भावना प्रवल छ । तर, निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छैन ।

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘किसी का भाई किसी की जान’को ट्रेलर सार्वजनिक भएको छ । इदको अवसर पारेर २१ अप्रिलमा रिलिज हुन लागेको फिल्मको सार्वजनिक ३ मिनेट २५ सेकेन्ड लम्बाईको ट्रेलरमा सलमान कतै रोमान्टिक त कतै खतरनाक एक्सन अवतारमा प्रस्तुत छन् । उनको ‘लभ लेडी’को रुपमा पूजा हेगडेसँग छिन् । उनीहरुको केमेस्ट्री जमेको छ ।

