
दुई वर्षदेखि युद्ध बानियाँको प्रेममा रहेकी अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । नयाँ वर्षको अवसरमा सुनधारास्थित काठमाडौं मलमा रहेको फेसियल हाउसले तयार पारेको क्यालेन्डर सार्वजनिक कार्यक्रममा उनले यस वर्ष आफू विवाह बन्धनमा बाँधिन लागेको बताएकी हुन् । यस वर्ष आफूले नयाँ व्यावसाय समेत सुरु गर्न लागेको पूजाले जानकारी गराइन् ।

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘नम्बरी सुन’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा अभिनेता गौरव पहारी बेहुलीको पहिरनमा रहेकी अभिनेत्री नम्रता श्रेष्ठलाई आफ्नो काँधको बोकेको अवस्थामा चित्रित छन् । फिल्म विवाहको कथामा केन्द्रित रहेको हुनसक्ने पोस्टरले संकेत गर्छ ।

आज नेपाली नयाँ वर्ष । २०८० को दशकको पहिलो दिन । नयाँ वर्षलाई नयाँ आशा, हौसला र उमंगको उत्सवको रुपमा मनाइन्छ । यही विशेष दिनको अवसर पारेर शुक्रबारबाट तीन फिल्म ‘बुलाकी’, ‘बिहे पास’ र ‘जारी’ हलको पर्दामा लागेका छन् । यसमध्ये दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ अभिनेता दयाहाङ राईका हुन् । करिअरमै पहिलो पटक उनका दुई फिल्म एकसाथ भिडेका हुन् ।


केही वर्षयता नेपाली फिल्मका स्टार कलाकारहरुले बुझ्ने पारिश्रमिक बहसको विषय बनिरहेको छ । उनीहरुले महंगो पारिश्रमिक लिँदा फिल्मको निर्माण लागत अचाक्ली बढेको तर व्यापार नबढेको गुनासो धेरै निर्माताको छ । फिल्मको लागत बढ्नबाट रोक्न र निर्मातालाई बचाउनका लागि अबदेखि स्टार कलाकारहरु सेयरमा बस्नुपर्ने निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् ।

कर्णालीमा प्रचलनमा रहेको जारी प्रथामा निर्माण भएको फिल्म ‘बुलाकी’लाई राजनीतिज्ञ, फिल्मकर्मी तथा रंग पत्रकारले रुचाएका छन् । बुधबार साँझ काठमाडौंको बिग मुभिजमा आयोजित स्पेशल शोमा फिल्मको कथावस्तु, प्रस्तुतिकरण, कलाकारको अभिनय र छायांकन पक्षको प्रशंसा भएको हो । विशेषगरि, अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको अभिनयको वाहवाही भयो ।

