Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4219 - 4224 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-07-20, बिहिवार

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ । यो गीतले फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेमभाव बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-20, बिहिवार

यस वर्षदेखि स्वदेशी र विदेशी फिल्मले नेपालमा गरेको कमाई सार्वजनिक गर्न सुरु थालेको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका फिल्महरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा १३५ वटा स्वदेशी र विदेशी फिल्महरु प्रदर्शन भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली तथा विदेशी फिल्मको कमाईमा ठूलो अन्तर छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-07-20, बिहिवार

फिल्म र म्यूजिक भिडियोमा दर्शकले रुचाइएका जोडी ज्यादै कम छन् । त्यसमध्येमा पर्छन्, पल शाह र मलिका महत । फिल्ममा उनीहरुबीच सहकार्य हुन सकेको छैन । तर, म्यूजिक भिडियोमा सहकार्य टुटेको छैन । ‘फूलबुट्टे साडी’ गीतको सफलतापछि यो जोडी दर्शकको ‘फेभरेट’ बन्यो । र, म्यूजिक भिडियोमा सर्वाधिक ‘डिमान्डेड’ । स्क्रिनमा यो जोडीको केमेस्ट्री सुहाएको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-07-20, बिहिवार

२०७८ सालको चैतमा सिक्किमको गान्तोकमा फिल्म ‘ग्रहण’ निर्माणको घोषणा गरिएको थियो । फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, सारुक ताम्राकार र विनय श्रेष्ठले अभिनय गर्दै थिए । तर, पछि फिल्मबाट विनय बाहिरिए । नाम पनि हेरफेर गरेर ‘ह्यासट्याग माया’ राखियो । विनयको ठाउँमा निर्माण टिमले रोयदीप श्रेष्ठलाई अनुबन्ध गर्दै गत जेठ २० गतेबाट छायांकन सुरु गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-07-20, बिहिवार

फिल्ममा सुखद करिअर हुँदाहुँदै जीवनलाई नै पूर्णविराम लगाएका अभिनेता सारुक ताम्राकारलाई सम्झना गर्दै बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको थियो । उनको दीपझैं चम्किलो तस्बिर अगाडि दीप प्रज्वलन गर्दा हरेकका आँखा आँशुले टिलपिल देखिन्थे । सारुकसँग एकपटक भेटेकाहरु पनि उनको मिलनसार व्यवहारको प्रशंसामा शब्द खर्चिरहेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-07-19, बुधवार

दिवंगत अभिनेता सारुक ताम्राकारको सम्झनामा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा सारुकको चिरशान्तिको कामना गर्दै उनका परिवारका सदस्यहरु, कलाकारहरु तथा सर्वसाधारणले मक्खन बत्ती र मैनबैत्ती बालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । उनलाई सम्झँदै दीप प्रज्वलन गर्दा प्रायः गहभरी भएका थिए । सारुकका आमा-बुबा भावविह्वल देखिन्थे ।

Results : 4219 - 4224 of 24236