Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4219 - 4224 of 23520
फिल्मीखबर, काठमाडौं, २०७९ माघ १८, बुधवार

आगामी फागुन र चैतमा नेपाली फिल्म क्षेत्रका तीन संस्थाहरु नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गएपछि तीनवटै संस्थाका सदस्यहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । यी तीनवटै संस्थामा अध्यक्ष पदमा रोचक प्रतिस्पर्धा हुने छनक देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ १८, बुधवार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको डा. भोला रिजालका छोरा कपिल रिजालको डेब्यू निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ले प्रिमियरमा तारिफ कमाएको छ । मंगलबार साँझ बिग मुभिजमा दुईवटा अडिटोरियम ‘बुक’ गरेर आयोजना गरिएको तामझामपूर्ण प्रिमियरमा उपस्थिति भएका अतिथीले कलाकारको अभिनय, निर्देशकिय पाटो, कथावस्तु, छायांकनको प्रशंसामा शब्द खर्चिए ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ १८, बुधवार

नेपाली फिल्मका प्रिमियर प्रायः भव्य हुन्छन् तर व्यवस्थित हुँदैनन् । दुईटा हलमा पनि नअट्ने गरी गुनगान सुन्न प्रिमियरमा अतिथी बोलाइन्छ अनि एउटै हलभित्र सबैलाई कोचिन्छ । जब सिट अभाव हुन्छ अनि हलको सिढीमा बसेर अतिथीले फिल्म हेर्नु पर्ने हुन्छ । त्यसबेला प्रिमियर कम, माछा बजार बढी लाग्ने गर्छ । अतिथीको भिडभाड रहेको अवस्थामा त झन् पत्रकारलाई मान्छे नै गनिन्न ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ १७, मंगलवार

डा. भोला रिजाललाई चिकित्सकको रुपमा मात्र चिन्दा अन्याय हुन सक्छ । उनको परिचयको आयाम फराकिलो छ । उनी फिल्म निर्माता, लेखक तथा गीतकार पनि हुन् । एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्मको निर्माण गरेका उनी विगत केही वर्षयता फिल्म निर्माणभन्दा पेशागत क्षेत्रमा व्यस्त थिए । यद्यपि, उनले गीत लेखन भने रोकेका थिएनन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ १७, मंगलवार

‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि अभिनेत्रीको अफर वर्षा सिवाकोटीलाई गरिएको खुलेको छ । मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् ।

Results : 4219 - 4224 of 23520