Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4207 - 4212 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-06-08, बिहिवार

करिब ५ वर्षअघि निर्माण सम्पन्न भएको फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौंको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा फिल्मले सुन्नलायक प्रतिक्रिया प्राप्त गर्‍यो । प्रिमियरमा उपस्थित प्रायः अतिथिहरुले फिल्मको कथावस्तु, छायांकन, लोकेसन, कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए ।

फिल्मीखबर, काठमाण्डौ, 2023-06-08, बिहिवार

नेपाली फिल्मको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डट कम आजबाट  १५औं बर्षमा प्रवेश गरेको छ। अनलाईन फिल्म पत्रकारितामा सम्भावना खोज्दै जुन ८, २००९ देखि औपचारिक रूपमा संचालनमा आएको फिल्मीखबर डट कमको आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण पाठक, फिल्मकर्मी, शुभचिन्तक तथा बिज्ञापनदाताहरू प्रति आभार ब्यक्त गर्दछौं ।

फिल्मीखबर, काठमाडौं, 2023-06-07, बुधवार

‘बाहुबली’ श्रृंखलाबाट लोकप्रियताको उत्कर्षमा पुगेका साउथ सुपरस्टार प्रभास अभिनीत नयाँ फिल्म ‘आदिपुरुष’ यही जून १६ मा प्रदर्शन हुँदैछ । फिल्ममा उनले भगवान् रामको चरित्र निर्वाह गरेका छन् । यो फिल्म उनले झन्डै दुई वर्ष लगाएर पूरा गरेका हुन् । ‘बाहुबली’को दुईवटा श्रृंखलाका लागि पनि उनले ५ वर्षको समय दिएका थिए । जसले गर्दा उनले धेरै फिल्ममा काम गर्न पाएनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-07, बुधवार

गत वर्ष अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लले एकसाथ अभिनय गरेको फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर भएको थियो । यसको करिब ५ महिनापछि यही जोडीको नयाँ फिल्म ‘दुई नम्बरी’ प्रदर्शनमा आयो । यो पनि सुपरहिट भयो । एउटै कलाकारको अभिनय रहेका कारण ‘कबड्डी ४’को ऐतिहासिक सफलताको फाइदा ‘दुई नम्बरी’लाई मिलेको विश्लेषण त्यसबेला कतिपयले गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-06-07, बुधवार

अभिनेता दयाहाङ राई यस वर्षलाई ‘प्याक’ छन् । उनको पाइपलाइनमा फिल्मको ठूलो चाङ छ । तर पनि उनले फिल्म सम्झौता गर्न छाडेका छैनन् । यसबीच, उनले नयाँ फिल्म ‘कार्साङ’ सम्झौता गरेका छन् । याम शेर्पाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मलाई दयाहाङले तिहारपछिको समय दिएका छन् । तर, व्यस्तताले गर्दा उनले विभिन चरणमा फिल्मको छायांकन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-07, बुधवार

अभिनयमा अब्बल हुँदाहुँदै पनि ओझेलमा परेका कलाकार हुन्, विनोद न्यौपाने । प्रायः मेकर स्टारको पछाडि दौडिँदा उनी जस्ता प्रतिभावान कलाकारहरु भने कामको लागि भौतारिनु पर्ने अवस्था छ । दर्शकको रोजाईमा पनि उनी जस्ता कलाकारको फिल्म पर्दैनन् । विनोदले अहिलेसम्म आफ्नो अभिनयमा खोट दिने ठाउँ छाडेका छैनन् । तर, करिअरले फड्को मार्न पनि सकेको छैन ।

Results : 4207 - 4212 of 24031
Most Visited News (monthly)