Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4195 - 4200 of 23520
फिल्मीखबर, काठमाडौं, २०७९ माघ २४, मंगलवार

विवादको पर्यायवाची नाम हो, निर्देशक शोभित बस्नेत । हप्ता वा महिना दिनमा उनको बारेमा विवाद भएन भने सम्भवतः उनलाई नै छटपटी हुन्छ । कहिले ‘महानायक’को विषय उछालेर होस् त कहिले कलाकारको आलोचना गरेर होस्, उनी विवादमा आउन कुनै न कुनै उपाय निकालिहाल्छन् । नजिकका व्यक्तिको तारिफ र मन नपर्ने मान्छेको गाली गरेर पनि उनी कहिल्यै अघाउँदैनन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ २४, मंगलवार

अभिनयमा प्रमाणित अभिनेता विपिन कार्कीको यो वर्षका लागि दोस्रो फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनले पाको उमेरको पुरुषको भूमिका निर्वाह गरेका छन् । हुन त यसअघि उनले फिल्म ‘हरि’मा पनि आफ्नो उमेरभन्दा झन्डै दोब्बर बढी देखिने चरित्र निभाएका थिए । यसपटक विपिनको चरित्र चित्रण फरक रुपमा गरिएको ट्रेलर हेर्दा बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ २३, सोमवार

चलचित्र विकास बोर्डले नेपालका पूर्वी पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम’ सञ्चालन गरेको छ । यही माघ १२ देखि १८ गतेसम्म हलको सुविधा नभएका ती क्षेत्रमा नेपाली फिल्म प्रदर्शन गरिएको थियो । जहाँ स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ २३, सोमवार

गत वर्ष निर्माण घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को अन्ततः छायांकन सुरु भएको छ । भारतको हैदराबादमा अवस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । सोमबार क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि नेपाली कलाकार र साउथ फिल्मका लोकप्रिय कलाकार अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ २३, सोमवार

चरित्र निर्माणप्रतिको बुझाई र गम्भीरता ज्यादै कम नेपाली कलाकारहरुमा छ । मनभित्रदेखि गर्नुपर्ने चरित्र निर्माण, अवरणमा मात्र भैरहेको छ । कलाकार भएपछि चरित्रलाई गहिराइमा गएर बझ्न र चरित्रको आवश्यकताअनुरुप आफूलाई अवरणमा पनि तयार गर्न सक्नुपर्छ । यो कुरा बुझेका अभिनेतामा पर्छन्, नाजिर हुसेन । उनी आवरण र अन्तर्य दुवै रुपमा चरित्र निर्माण गर्न सक्छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ माघ २३, सोमवार

अभिनेता सविन श्रेष्ठलाई करिअर सन्तुलित बनाउन एउटा सफल र सशक्त फिल्म चाहिएको छ । विगत २/३ वर्षमा रिलिज भएका उनका विर्सनलायक फिल्महरुले करिअर नै असन्तुलित बनाएको छ । अब उनी आफ्नो पुनः सशक्त उदय हुने गरी नयाँ फिल्मको तयारीमा जुटेका छन् । कुनैमा उनी आफैं निर्माता भएर भिन्न भूमिकामा काम गर्दैछन् भने कुनैमा नायकको रुपमा प्रस्तुत हुँदैछन् ।

Results : 4195 - 4200 of 23520