
६ वर्षपछि निर्देशनमा फर्किएका सेलिब्रेटी निर्देशक निश्चल बस्नेतले ३६ दिनमा फिल्म ‘दिमाग खराब’को छायांकन पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम सिन खिचिएको हो । सेड्युल (४० दिन) भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको फिल्मको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

असार ७ गतेदेखि १० गतेसम्म अमेरिकाको मेरिल्यान्ड राज्यमा आयोजना भएको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा सुवर्ण थापाद्वारा निर्देशित फिल्म ‘द सेक्रेटस् अफ राधा’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । अवार्ड उचाल्न निर्देशक थापा स्टेज उक्लिएका थिए । सोही महोत्सवमा सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकको फिल्म ‘जोयलेण्ड’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

२०७६ सालको सफल फिल्म ‘आमा’का सह-निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तस्मानिया संस्करण सम्पन्न गरेका छन् । आइतबार पहिलो पटक तस्मानियाको होबार्टमा आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलसँग सहकार्य गरेर आयोजना गरेको फेसन शोमा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो ।

निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’को दोस्रो श्रृंखला निर्माणको तयारी गरिरहेका छन् । फिल्मको अफर अभिनेता प्रदीप खड्कालाई गरिएको छ । उनीसँग निर्माण टिमको मौखिक सहमति भैसकेको जनाइएको छ । आइतबार फिल्मीखबरसँगको कुराकानीमा निर्देशक चाम्सले प्रदीपबाहेक अघिल्लो श्रृंखलाका कुनै कलाकारहरु नदोहोरिने बताएका थिए ।


सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । आगामी चैत वा बैशाखदेखि यसको दोस्रो श्रृंखलाको छायांकन गर्ने तयारी गरिएको छ । फिल्ममा अघिल्लो श्रृंखलाका प्रमुख अभिनेता प्रदीप खड्का दोहोरिने लगभग निश्चित छ । उनीसँग निर्माण टिमको विभिन्न चरणमा कुराकानी भैसकेको छ । र, उनी फिल्मलाई लिएर सकारात्मक छन् ।

