
एक्सन तथा लभस्टोरी फिल्म ‘दान्भी’को एक हप्ताअघि गीतबाट छायांकन सुरु भएको थियो । गीतको छायांकन सकिएसँगै निर्माण टिमले केही अचल तस्बिरहरु मिडियालाई उपलब्ध गराएको छ । प्राप्त तस्बिरमा डेब्यू ब्वाई कुन्साङ बोम्जमसँग अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएकी छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । तस्बिरमा पूजा बोल्ड पहिरनमा प्रस्तुत छिन् ।


फिल्म ‘जीरो’को असफलतापछि चार वर्ष ब्रेक लिएका बलिउड सुपरस्टार शाहरुख खानले फिल्म ‘पठान’बाट जबर्जस्त कमब्याक गरे । अब सेप्टेम्बर ७ मा उनको नयाँ फिल्म ‘जवान’ प्रदर्शन हुँदैछ । सोमबार सार्वजनिक फिल्मको प्रिभ्यूले ब्लकबस्टरको ग्यारेन्टी गर्छ । प्रिभ्यूमा शाहरुखको लुक्स र एक्सन अवतार जबर्जस्त छ । फिल्मलाई साउथ निर्देशक एट्ली कुमारले निर्देशन गरेका हुन् ।

मिस नेपाल पृष्ठभूमिका एकाध अभिनेत्रीको मात्र करिअर सुखद छ । प्रायःलाई त फिल्ममा स्थापित हुन नै सकस भैरहेको छ । सन् २०१७ की मिस नेपाल निकिता चाण्डकको करिअर पनि सुखद बन्न सकेको छैन । २०७६ सालमा उनले फिल्म ‘साङ्लो’बाट डेब्यू गरेकी थिइन् । तर, फिल्म सफल नहुनु र अभिनयको पनि उत्ति तारिफ नहुँदा निकिता तीन वर्ष फिल्मविहीनको अवस्थामा थिइन् ।

आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लम्बाईको ट्रेलरमा भुवन सिंह राई र सारा लोहोरुङ राईबीचको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । कलाकार बुद्धि तामाङले भुवनको पिताको भूमिका निभाएका छन् । फिल्मले आदिवासी जनजाति समुदायको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

रक गायक तथा अभिनेता रविन तामाङको निधनको पाँच दिनपछि आइतबार अन्त्येष्टि गरिएको छ । दिउँसो साढे १२ बजे उनको तामाङ परम्पराअनुसार शोभा भगवतीमा अन्तिम संस्कार गरिएको हो । अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको थियो । जहाँ मन्त्रीदेखि सर्वसाधारणसम्मले तामाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

