
गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपालका हलहरुमा सन्नाटा छाएको छ । आशातित फिल्महरुले समेत दर्शक आकर्षित गर्न सकेनन् । यसबीच, शुक्रबारबाट प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । सोलो रिलिजको अवसर पाएको फिल्मलाई हलको सन्नाटा चिर्नुपर्ने चुनौती छ । यसका लागि बलियो ‘वर्ड अफ माउथ’ चाहिनेछ ।

मर्डर मिस्ट्रीको कथामाथि आधारित भएर बनेको फिल्म ‘अन्तिम संस्कार’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्म सस्पेन्स-थ्रीलर जनरामा छ । जसको नेपालमा बजार नै छैन भनिन्छ । हुन पनि लभस्टोरी, एक्सन र कमेडीकै बोलबाला छ । तर, निर्देशक प्रदीप शाहीले दर्शकलाई फरक स्वाद दिनका लागि ठूलो जोखिम मोलेका छन् । र, उनी फरक कथा रुचाइनेमा पूर्ण विश्वस्त छन् ।

नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी (दाजुभाई)ले आमा रविना देशराज श्रेष्ठ (पूर्व बैंकर)को विवाह गरिदिएका छन् । बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्याएका थिए । रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

उच्च अदालत पाटनले कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शनको लागि कानुनी बाटो खुलेको छ । यही फिल्ममा समावेश सीतासम्बन्धी संवादलाई लिएर काठमाडौंसहित देशका विभिन्न शहरमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

अभिनेता आर्यन सिग्देलको करिअर जति छिटो उचाइँमा पुग्यो, त्यही गतिमा ओरालो झर्यो । कुनै समय उनलाई नेपाली फिल्मको ‘नम्बर वान नायक’ भन्ने गरिन्थ्यो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । फिल्मको सफलता उनलाई सामान्य थियो । तर, अहिले असफलताले उनलाई छायाँ झैं पछ्याइरहेको छ । विगत ६/७ वर्षदेखि उनी एउटा हिट फिल्मका लागि भौतारिएका छन् ।

‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शन अगावैदेखि विवादमा तानिएको थियो । तर, त्यो विवाद सामाजिक सञ्जालमा मात्रै सीमित थियो । तर, प्रदर्शनमा आएपश्चात् फिल्ममा समावेश संवादको भाषालाई लिएर अदालतमा मुद्धा दर्तादेखि सडकमा विरोध प्रदर्शनसम्म भैरहेका छन् । फिल्मले रामायण ग्रन्थलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।

