Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3913 - 3918 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति दिएको छ । गत बुधबार सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

टेक पौरखी राईको निर्देशन रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेन्डको टिजरमा प्रेम, मित्रता र द्वन्द्वलाई समेटिएको छ । विशेषगरी अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतको प्रेममा आउने उतार-चढावमा टिजर केन्द्रित छ । माओत्से गुरुङ र निशा अधिकारी जोडीको रुपमा प्रस्तुत टिजरमा अर्पण थापा र सलोनबीच द्वन्द्वात्मक दृश्य पनि छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘जीवन भनेको’ बोलको क्लब गीतमा केतन क्षेत्रीको स्वर, केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना छ । फिल्मकी मुख्य पात्र आभ्या (शिल्पा मास्के)को जन्मदिनको सेटअपमा तयार पारिएको गीतले फिल्मको कथालाई पनि प्रस्ट्याएको निर्माण टिमको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

नेपाली फिल्मका चल्तीका अभिनेताद्वय प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

फिल्ममा सर्वाधिक रुचाइएको जोडी हो, दयाहाङ राई र बुद्दि तामाङ । फिल्म ‘कबड्डी’ सिरिजमा केमेस्ट्री रुचाइएपछि उनीहरुले निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । प्रायः फिल्ममा दयाहाङको ‘ब्याक बोन’को रुपमा बुद्दि प्रस्तुत हुने गरेका छन् । अब यो जोडी फिल्म ‘कार्साङ’मा पनि एकसाथ देखिने भएको छ । दयाहाङपछि बिहीबार बुद्दि फिल्ममा अनुबन्धित भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-06-23, शुक्रवार

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको कुनै पनि फिल्मलाई नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन अन्तरिम आदेश दिए पनि रामायण ग्रन्थमा आधारित भएर बनेको भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नहुने भएको छ । नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टका उज्जवल पौडेलले फिल्मलाई अब प्रदर्शन नगरिने जानकारी दिए ।

Results : 3913 - 3918 of 23812