
यस वर्षको पहिलो सुपरहिट फिल्म बन्न सफल भएको ‘जारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्म रिलिजको चौंथो दिनमा सार्वजनिक गरिएको ‘रीत’ बोलको रोमान्टिक गीतमा मनोज थापा मगरको संगीत, हर्क साउँदको शब्द रचना तथा संगीतकार थापा मगर र सुनिता थेगिमको युगल स्वर रहेको छ । फिल्ममा कथावाचनको भूमिका खेलेको यो गीतको अडियो बुलन्द र कर्णप्रिय छ ।

साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइक हाँकेरै नेपाल आइपुगेका छन् । अजित भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन् । उनले त्यहाँको रामजी स्विट्स एन्ड फूडमा खाजा समेत खाए । त्यस पसलका सञ्चालक रामजी शाहका अनुसार, अजित कुमारले तराईको लोकल नास्ता खाएका थिए । र, उनले नेपाली खानाको तारिफ पनि गरेको रामजी बताउँछन् ।

प्रदीप शाही निर्देशित पहिलो फिल्म ‘१९१५ : लेजेन्ड अफ गोर्खाज्’ संसारकै प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा नेपालमा प्रदर्शन भएको फिल्मको नाम हेरफेर गरेर अमेजन प्राइम भिडियोमा रिलिज गर्न लागिएको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर. फिल्म्सले फिल्मको वितरण गर्दैछ ।

राजनीति र फिल्म क्षेत्रमा को कहिले कट्टर दुश्मन र दिलदार मित्र बन्छन् भगवानलाई पनि थाहा हुँदैन । यी दुई क्षेत्रमा देखेका सबै चिज सत्य हुँदैनन् । राजनीतिमा पानी बाराबार भएकाहरुसँग जसरी स्वार्थका लागि रातारात घाँटी जोडिन्छ, त्यसरी नै फिल्म क्षेत्रमा एकअर्कालाई सत्तोसराप गर्दै आएकाहरु एकाएक मिलनको गीत गाउन थाल्छन् । यसको गतिलो उदाहरण दीपकराज गिरी हुन् ।

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गणपति’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको प्रेमिल भावको गीतमा सबिन अधिकारीको शब्द तथा संगीत रहेको छ भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतको लम्बाई १ मिनेट ४१ सेकेन्डको छ । गीतको पूरा अंश फिल्ममा हेर्न सकिने निर्देशक समेत रहेका सबिनले जानकारी दिए ।

नेपाल र दक्षिण भारतका फिल्महरु एकअर्काको देशका ओटीटी प्लेटफर्म र हलमा रिलिज हुने भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’मा नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई देशमा फिल्मको बजार आदान-प्रदान गर्ने विषयमा सहमति भएको हो ।

