Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3895 - 3900 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ६, बुधवार

कथा र कविता लेखनमा उँचो नाम बनाएका उपेन्द्र सुब्बाको पहिलो निर्देशकीय फिल्म ‘जारी’ले यतिबेला घरेलू बजारमा आक्रामक व्यापार गरिरहेको छ । ‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट कथा तथा पटकथा लेखनमा आफूलाई अब्बल सावित गरेका उनले पहिलो फिल्मबाटै निर्देशनमा समेत राम्रो सम्भावना देखाएका छन् । रसिक ढंगले मौलिक कथा भन्न सक्ने क्षमता उपेन्द्रमा देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ५, मंगलवार

नेपाली फिल्मका दुई शर्मा अभिनेत्री आँचल र पूजाबीच राम्रो सम्बन्ध नरहेको भन्ने चर्चा अब नौलो होइन । बेला बखतमा उनीहरुले एकअर्काप्रति घुमाउरो रुपमा गर्ने घोचपेचले पनि बजारको चर्चामा सत्यता देखिन्छ । तर, उनीहरुले अहिलेसम्म एकसाथ न फिल्म न म्यूजिक भिडियोमा काम गरेका छन् । अभिनेत्री रेखा थापाको नयाँ फिल्ममा भने उनीहरुले एकसाथ काम गर्न लागेको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ५, मंगलवार

जातीय छुवाछुत अन्त्य गर्ने अभिप्रायले निर्माण भएको फिल्म ‘निरमाया’ले जापानबाट अन्तर्राष्ट्रिय प्रदर्शन थाल्ने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा फिल्मको जापानमा विशेष प्रदर्शनी हुन लागेको हो । अप्रिल २९ मा टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा फिल्म प्रदर्शन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ५, मंगलवार

सम्भवतः नेपाली फिल्मको ६० वर्ष लामो इतिहासमा एउटै कलाकारको दुई फिल्म एकै मितिमा भिडेका थिएनन् । अब यो इतिहास अभिनेता दयाहाङ राईको नाममा लेखिएको छ । उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ बैशाख १ गते एकसाथ प्रदर्शनमा आए । यसमध्ये ‘जारी’ व्यापारमा तगडा छ । ‘बिहे पास’को व्यापार पनि कमजोर छैन । प्रदर्शनको दुई दिन फिल्मको व्यापार राम्रो रह्यो ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ५, मंगलवार

प्रदर्शनरत फिल्म ‘जारी’ हेरेपछि समीक्षक तथा स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सिनाले फेसबुकमा लेखेका छन्, ‘तुलना क्षम्य होस्, दयाहाङ राई र मिरुनाको जोडी बलिउडको शाहरुख खान र काजोलको जस्तो सुपरहिट हुने छाँट देखियो ।’ यो कुरालाई नकार्न सकिन्न । उनीहरुले सहकार्य गरेको ‘कबड्डी ४’ र ‘जारी’ ब्लकबस्टर हुँदा अब यो जोडीले नेपाली फिल्ममा राम्रै राज गर्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ४, सोमवार

बैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘घरै बसुँ पिरै पिर हो’ बोलको गीतमा फिल्मका प्रमुख कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने अभिनेता कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ । गीतमा सनम कुमार बैरागको शब्द, बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर छ ।

Results : 3895 - 3900 of 23516