
नेपाली फिल्मको हकमा सफलताको मानक मानिने प्रदर्शनको ५१औं र सय दिन एनालग (रिल)को जमानामा सामान्य मानिन्थ्यो । त्यसबेला फिल्म नै कम बन्थे र हरेक फिल्म महिनौंसम्म चल्थे । तर, डिजिटल युगसँगै यो दुर्लभ बन्दै गएको छ । आजभोलि नेपाली फिल्मलाई एक हप्ता पनि हलमा टिक्न महाभारत पर्छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने गरेका छन् ।

‘कबड्डी’ समुहको फिल्म ‘जारी’ले यस वर्षको सानदार सुरुवात गरेको छ । फिल्मले पहिलो हप्ता ७ करोड ६५ लाख रुपैयाँ जोडेको चलचित्र विकास बोर्डको सिस्टममा देखिन्छ । यसमा शुक्रबार (आज)को एड्भान्स बुकिङको कमाई पनि जोडिएकाले त्यसलाई घटाउँदा र बक्सअफिस नजोडिएका हलको रिपोर्ट जोड्दा फिल्मले एक हप्तामा ७ करोड ५०/५५ लाखसम्म कमाएको हुनसक्छ ।

साउथ फिल्मका सुपरस्टार अजीत कुमार अहिले नेपालमा छन् । उनी बाइक हाँकेरै सिलगुडी हुँदै पहिलो पटक नेपाल आएका हुन् । उनी सुटिङका लागि नेपाल आएको चर्चा भए पनि यसबारेमा आधिकारिक जानकारी प्राप्त भएको छैन । यही सोमबार धनुषाको ढल्केबरमा खाजा खाएर काठमाडौंतिर हुँइकिएका उनी होटल शंकरमा बसेका थिए । अजीतले काठमाडौंमा दुई दिन बेतित गरे ।

एक घटनाका कारण ठ्याक्कै एक वर्ष जेल जीवन विताएर फर्किएका चर्चित अभिनेता तथा मोडल पल शाहलाई यतिबेला म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । १५/२० दिनको अवधिमा उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । जेलबाट छुटेपछि पलको पहिलो म्यूजिक भिडियो उनी आफैं निर्देशित ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सन चाँडै सार्वजनिक हुँदैछ ।

करिब ७/८ वर्षदेखि अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले नयाँ वर्षको अवसर पारेर आफू फेरि आमा बन्न लागेको खुसी साटेकी हुन् । उनले श्रीमान र छोरीसँगको तस्बिरहरु सेअर गर्दै इन्स्टाग्राममा लेखेकी थिइन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’


