Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3883 - 3888 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-10-09, सोमवार

कोभिडपछि विश्वमै ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढेको छ । यसैलाई मध्यनजर गर्दै नेपालमा पनि ओटीटीहरु धमाधम जन्मिरहेका छन् । अहिले ‘सिनेमाघर एप’ चर्चामा छ । अब फिल्म सम्बन्धी अध्ययन गराउँदै आइरहेको कान्तिपुर फिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । यही दशैंको छेकोबाट एकेडेमीले ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ ।

एजेन्सी, मुम्बई, 2023-10-09, सोमवार

यस वर्ष सुपरस्टार शाहरुख खानको दुई फिल्म ‘पठान’ र ‘जवान’ले भारतीय बक्स अफिसमा ठूलो रेकर्ड बनायो । यी दुई फिल्मले बलिउडसँगै उनको करिअरलाई पनि पुर्नजीवन दिएको छ । तर, यही दुईवटा फिल्मको सफलताबाट असन्तुष्ट बनेका व्यक्तिहरुले शाहरुखलाई ‘पठान’को बेलादेखि लगातार ज्यान मार्ने धम्की दिइरहेका छन् । अब महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-09, सोमवार

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ कोरोना महामारीभन्दा अगाडि नै निर्माण भएको थियो । कथा लेखन त्योभन्दा झण्डै एक वर्ष अगाडि । तर, कोभिडको समयमा विभिन्न माध्यमबाट विश्वभरका फिल्म तथा सिरिज हेरेर दर्शकको स्वाद निकै फेरिएको छ । यो अवस्थामा ‘परदेशी २’ले दर्शकको भावना र रुचिलाई कति सम्बोधन गर्न सक्छ भन्ने चासो धेरैमा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-08, आईतवार

फिल्म ‘प्रसाद २’को विवादमा शुक्रबार दिउँसो पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । अब उनी प्रहरीले बोलाएको बेला उपस्थित हुनुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-08, आईतवार

निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा अभिनेता अनमोल केसी असोज १२ गते पक्राउ परेका थिए । अब अर्को घटनामा सुदर्शनविरुद्ध आपराधिक विश्वासघातकै उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरिरहेको छ । ‘प्रसाद २’को विवादमा उनीविरुद्ध उजुरी परेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-10-08, आईतवार

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताले बनेको ‘ब्रान्ड भ्यालु’का कारण यसको तेस्रो सिक्वेल ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार प्रि-प्रोडक्सन अर्थात् छायांकन हुनुभन्दा अगावै बिक्री भएको छ । अष्ट्रेलियामा रहेर नेपाली फिल्मको विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका वितरक छत्र थापाले भारतबाहेक फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

Results : 3883 - 3888 of 24236