Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3877 - 3882 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-08-25, शुक्रवार

गत वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ अब सःशुल्क रुपमा ओटीटी प्लेटफर्ममा उपलब्ध भएको छ । सन् २०१६ देखि सञ्चालनमा आएको सिनेमाघर एपमा शुक्रबारबाट फिल्म रिलिज भएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म रिलिजबारे जानकारी गराइयो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई १ सय ९९ रुपैयाँ तिरेर हेर्न सकिने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-25, शुक्रवार
फिल्मीखबर, काठमाडौं, 2023-08-24, बिहिवार

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरेको दृश्यलाई समेटेर तयार पारिएको ‘माया’ बोलको गीतको म्यूजिक भिडियो बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सारुककी आमा रुकमणि ताम्राकारसहित सृष्टि श्रेष्ठ, मलिना जोशी आदिको उपस्थिति रहेको कार्यक्रम भावविह्वल बनेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-24, बिहिवार

यही भदौ २९ गते प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायालाई चिनो’ बोलको रोमान्टिक भावको गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ भने शंकर अधिकारी ‘घायल’को शब्द रचना छ । गीतमा संकल्प भुजेलको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको अडियो कर्णप्रिय छ ।

फिल्मीखबर, काठमाडौं, 2023-08-24, बिहिवार
Results : 3877 - 3882 of 24031
Most Visited News (monthly)