Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3871 - 3876 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १२, मंगलवार

बैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने सुरेश सेन्चुरीको संगीत तथा अञ्जु पन्त र सागर आलेको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री सलिना थापाले नृत्य गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १२, मंगलवार

नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको फिल्म ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि केही संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक तथा निर्माता नवल खड्काले बताए । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ११, सोमवार

भनिन्छ, दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म साइन गर्ने बेलामा कुनै कलाकारले स्क्रिप्ट पाउँदैनन् । सेटमा पुगेपछि मात्र आफ्नो भागको स्क्रिप्ट पाउँछन् । तर पनि यही टिमको फिल्ममा काम गर्न प्रायः कलाकारहरु मरिहत्ते गर्छन् । त्यसको दुईटा कारण छ, टिमप्रतिको विश्वास र सफलताको लोभ । यिनै कारण थिए, अभिनेत्री मलिना जोशी ‘छक्का पञ्जा ४’मा आबद्ध हुनुमा ।

एजेन्सी, मुम्बई, २०८० वैशाख ११, सोमवार

बक्सअफिसका हिट मेशिन मानिने अभिनेता सलमान खानको चार वर्षपछि हलमा रिलिज भएको फिल्म हो, ‘किसी का भाई किसी की जान’ । यसैले फिल्मले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । तर, फिल्मको ओपनिङ नै अपेक्षाकृत हुन सकेन । पहिलो दिन फिल्मले १५ करोड ८१ लाख मात्र जोड्यो, जुन सलमानको स्टारडमको तुलनामा कमजोर मानिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ११, सोमवार

रंग पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले ७ वर्षपछि फिल्म ‘सतीदेवी’बाट निर्देशनमा पुनरागमन गरेका छन् । निर्माण अगावैदेखि नामका कारण चर्चामा रहेको फिल्मको सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त गर्दै बाफलस्थित एक घरबाटबाट छायांकन सुरु गरिएको छ । काठमाडौंमा आज साँझसम्म छायांकन गरेपछि निर्माण टिम लमजुङ प्रस्थान गर्नेछ ।

Results : 3871 - 3876 of 23516