
निर्देशक मुकुन्द भट्टले लकडाउनभन्दा अगाडि फिल्म ‘एक्स ९’को घोषणा गरेका थिए । अनमोल केसीदेखि सौगात मल्लसम्मलाई फिल्ममा अनुबन्धित गरिएको थियो । तर, अहिलेसम्म फिल्म निर्माण हुन सकेको छैन । फिल्मको निर्माणमा ढिलाइ भएको भन्दै अनमोलले हात झिकिसकेका छन् । उनको ठाउँमा निर्माण टिमले अभिनेता प्रदीप खड्कासँग सम्झौता गरेको जानकारी प्राप्त छ ।

बाबु बलामीको निर्देशनमा फिल्म ‘देव वाणी’ बन्ने भएका छ । बैशाख १९ गतेदेखि वीरगंज र तराईका विभिन्न स्थानमा छायांकन हुने फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, देव सिंह, काजोल राघवाणी, मौसम पौडेलको मुख्य भूमिका रहनेछ । नेपाली र भोजपुरी भाषामा निर्माण हुने फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्ड गरिएको थियो ।

नेपाली फिल्मकर्मी र राजनीतिज्ञको बोलीमा विश्वास गर्नु भनेको आफैं मूर्ख हुनु हो भन्ने गरिन्छ । उनीहरु समय र परिस्थितिअनुसार बोली बदल्न सक्छन्, जसरी छेपारोले छिनछिनमा रंग फेर्छ । चर्चाका लागि बोलेको कुरा जब पूरा हुँदैन तब आफू पानीमाथिको ओभानो हुन प्रायः फिल्मकर्मीहरु मिडियालाई दोष दिने गर्छन् । जुन प्रयास अहिले निर्देशक ज्ञानेन्द्र देउजाले पनि गरिरहेका छन् ।

बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रकाश सपूत र देवी घर्तीको आवाज रहेको गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ । गीतले वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए ।

आफैंमा अस्तव्यस्त भएको फिल्म हो, ‘प्रसाद २’ । छायांकन नहुँदैदेखि विभिन्न लफडामा फस्यो । कहिले निर्देशक फेरिने, कहिले कलाकारले फिल्म छाड्ने, कहिले निर्माता परिवर्तन हुने, कहिले छायांकनमा गएर पनि छायांकन नहुने जस्ता घटनाले फिल्म झमेलै झमेलामा फसेको थियो । दोस्रो पटकमा जेनतेन फिल्मको सुटिङ सकियो । तर, लफडा सकिएन । अदालतसम्म फिल्म तानियो ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा आयोजना हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाट कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यस संस्करणको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराएकी हुन् ।

