Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3781 - 3786 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-08-27, आईतवार

गत असारमा घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको चिन्ताले अस्वस्थ बनेका उनका पिता सानु ताम्राकारको पनि शनिबार निधन भएको छ । उनीप्रति सामाजिक सञ्जालमा फिल्मकर्मीसँगै शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यसबीच, सारुकको निधन भएपछि विवादमा तानिएकी अभिनेत्री नम्रता श्रेष्ठले बुबा-छोरा दुवैलाई एकसाथ श्रद्धाञ्जली दिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-08-27, आईतवार

कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएका उनलाई चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो । बिहान ९ बजेदेखि १० बजेसम्म ताम्राकारको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-27, आईतवार

निर्देशक झरना थापाले पहिलो पटक ‘ए मेरो हजुर’ सिरिजबाट बाहिर आएर फिल्म ‘एक भगवत् गीता’को निर्देशन गरेकी छन्, जुन भदौ २९ गते प्रदर्शन हुँदैछ । पहिला फिल्मको नाम ‘भगवत् गीता’ थियो । पवित्र हिन्दू ग्रन्थ भगवद् गीतासँग नाम मिलेपछि केही हिन्दूवादी संगठनहरुले आपत्ति जनाउँदै चलचित्र विकास बोर्डमा निवेदन समेत दिए । यसपछि फिल्ममा ‘एक’ शब्द थपिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-27, आईतवार

कलाकार तथा जादूगर सानु ताम्राकारका एकमात्रै सन्तान थिए, सारुक ताम्राकार । उनी अभावमा हुर्किएनन् । फिल्मसम्मको यात्रा तय गर्न पनि उनले ठूलो संघर्ष गर्नुपरेन । करिअर सुखद नै थियो । तर, गत असार २१ गते उनले आफ्नो जीवनलाई नै पूर्णविराम लगाए । सानु दाम्पतीको बुढेसकालको लौरो भाँचियो । सन्तान गुमाउनुभन्दा ठूलो पीडा माता-पिताका लागि अरु के हुन सक्ला र ?

फिल्मीखबर, काठमाडौं, 2023-08-26, शनिवार

गत असार २१ गते निजी निवासमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता तथा कलाकार सानु ताम्राकारको निधन भएको छ । दुई हप्तादेखि नर्भिक अस्पतालमा उपचारार्थ उनको शनिबार दिउँसो करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोराको निधनपछि सानु विरामी परेका थिए । उनको आइसीयूमा राखेर उपचार भैरहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-08-26, शनिवार

गाईजात्राको छेको पारेर सुपरहिट ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को निर्माण घोषणासँगै स्टारकास्ट तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा फिल्मको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख छ । अर्थात् फिल्म फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । चैत ११ र १२ गते फागुको विदा रहेको छ ।

Results : 3781 - 3786 of 23944