Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3589 - 3594 of 24235
फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको लाइनअप शक्तिशाली देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको ‘पल्टन’ छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को अब विदेश प्रदर्शन थालिने भएको छ । फिल्मको पहिलो विदेश प्रदर्शन हङकङमा हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२३ को छेको पारेर यही ३१ डिसेम्बर अर्थात् पुष १५ गते हङकङमा फिल्मको प्रिमियर गर्न लागिएको हो । प्रिमियरमा सहभागी हुन फिल्मका अभिनेता इओन लिम्बु हङकङ जानेछन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

कुनै बेला नेपाली फिल्ममा गर्विलो उपस्थिति जनाएकी अभिनेत्री विपना थापा विवाह बन्धनमा बाँधिएर सन्तान भएपछि अभिनयबाट टाढा रहँदै आएकी थिइन् । उनले राम्रो फिल्मबाट कमब्याक गर्ने चाहना व्यक्त गरिरहेको भए पनि त्यो सम्भव हुन सकेको थिएन । अन्ततः करिब १३ वर्षपछि उनी फिल्ममा फर्किएकी छन् । फिल्म ‘ह्रस्व दीर्घ’बाट विपनाको कमब्याक सपना साकार भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

सफल निर्माताको रुपमा चिनिएका रोज राणा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्री बनेका छन् । नेपाली फिल्मकर्मी मन्त्री भएको यो पहिलोपटक हो । यसैले उनी मन्त्री भएकोमा फिल्म क्षेत्र हर्षित देखिन्छ । तर, नग्न डान्सबार चलाएर मानव बेचबिखनको मुद्धामा पक्राउ परेको व्यक्तिलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-27, बुधवार

सुपरस्टारद्वय दयाहाङ राई र आर्यन सिग्देलले तेस्रोपटक एकसाथ काम गर्न लागेको फिल्म ‘गाउँ नै रमाइलो’लाई आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गरिने भएको छ । मंगलबार निर्माता हिमाल कडरियाले आरआर फिल्म्ससँग फिल्म वितरणसम्बन्धी सम्झौता गरेपछि आगामी दशैंलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने निश्चित भैसकेको छ ।

Results : 3589 - 3594 of 24235