Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3589 - 3594 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-10-09, सोमवार

२०७२ सालमा प्रदर्शित फिल्म ‘पशुपति प्रसाद’ पशुपति प्रसाद (खगेन्द्र लामिछाने) र भष्मे डन (विपिन कार्की) पात्रबीचको टसलमा केन्द्रित थियो । यसको चरित्र केन्द्रित सिक्वेलमा भने भष्मे डनलाई चुनौती दिने पात्रको रुपमा अभिनेता सौगात मल्ल भित्रिएका छन् । सोमबार सार्वजनिक ट्रेलरमा पनि दुई पात्रबीच पशुपतिनाथ क्षेत्रभित्र टकराव देख्न सकिन्छ । सौगात मधेशी चरित्रमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-10-09, सोमवार

कोभिडपछि विश्वमै ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढेको छ । यसैलाई मध्यनजर गर्दै नेपालमा पनि ओटीटीहरु धमाधम जन्मिरहेका छन् । अहिले ‘सिनेमाघर एप’ चर्चामा छ । अब फिल्म सम्बन्धी अध्ययन गराउँदै आइरहेको कान्तिपुर फिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । यही दशैंको छेकोबाट एकेडेमीले ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ ।

एजेन्सी, मुम्बई, 2023-10-09, सोमवार

यस वर्ष सुपरस्टार शाहरुख खानको दुई फिल्म ‘पठान’ र ‘जवान’ले भारतीय बक्स अफिसमा ठूलो रेकर्ड बनायो । यी दुई फिल्मले बलिउडसँगै उनको करिअरलाई पनि पुर्नजीवन दिएको छ । तर, यही दुईवटा फिल्मको सफलताबाट असन्तुष्ट बनेका व्यक्तिहरुले शाहरुखलाई ‘पठान’को बेलादेखि लगातार ज्यान मार्ने धम्की दिइरहेका छन् । अब महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-09, सोमवार

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ कोरोना महामारीभन्दा अगाडि नै निर्माण भएको थियो । कथा लेखन त्योभन्दा झण्डै एक वर्ष अगाडि । तर, कोभिडको समयमा विभिन्न माध्यमबाट विश्वभरका फिल्म तथा सिरिज हेरेर दर्शकको स्वाद निकै फेरिएको छ । यो अवस्थामा ‘परदेशी २’ले दर्शकको भावना र रुचिलाई कति सम्बोधन गर्न सक्छ भन्ने चासो धेरैमा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-08, आईतवार

फिल्म ‘प्रसाद २’को विवादमा शुक्रबार दिउँसो पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । अब उनी प्रहरीले बोलाएको बेला उपस्थित हुनुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-08, आईतवार

निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा अभिनेता अनमोल केसी असोज १२ गते पक्राउ परेका थिए । अब अर्को घटनामा सुदर्शनविरुद्ध आपराधिक विश्वासघातकै उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरिरहेको छ । ‘प्रसाद २’को विवादमा उनीविरुद्ध उजुरी परेको हो ।

Results : 3589 - 3594 of 23944