Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3559 - 3564 of 24235
फिल्मीखबर, काठमाडौं, 2024-01-04, बिहिवार

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीचको सम्बन्ध खुल्ला किताबझैँ छ । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु सामाजिक सञ्जालदेखि मिडियासम्म खुलेरै एकअर्काप्रति प्रेम व्यक्त गरिरहेका हुन्छन् । २०७४ सालमा उनीहरुले कानुनी विवाह गरेको चर्चा समेत चलेको थियो । तर, दुवैले त्यसलाई अफवाह भनेका थिए । अब भने यो जोडी विवाहको तयारीमा देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-03, बुधवार

यही पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘चित्रा’को एक्सन केन्द्रित ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४८ सेकेण्ड लम्बाईको ट्रेलरमा पारिवारिक कथाको पृष्ठभूमिमा एक्सन र प्रेम बुनिएको छ । फिल्मको मूल द्वन्द्व ट्रेलरमा प्रष्ट रुपमा नखुलाइए पनि बाबु-छोरीको सम्बन्धको कथा वरिपरि फिल्मको दृश्यभाषा निर्माण गरिएको बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-03, बुधवार

अभिनेता नवराज श्रेष्ठले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले फिल्म ‘लुसु’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । दी पाल्म ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शेखर लामा छन् । शेखरले बुधबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका छन् । पदम विश्वकर्माको लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने जनाइएको छ ।

एजेन्सी, मुम्बई, 2024-01-03, बुधवार

फिल्ममा आफ्नो अब्बल कमिक टाइमिङका लागि चिनिएका अभिनेता श्रेयस तलपडेका लागि डिसेम्बर महिना मुश्किलपूर्ण रह्यो । फिल्म ‘वेलकम टू द जंगल’को छायांकनको क्रममा उनलाई हार्ट अट्याक भएको थियो । १० मिनेट जति उनको धड्कन रोकिएको थियो । एन्जियोप्लास्टीपछि अहिले उनको स्वास्थ्य सुधारन्मुख छ । फिल्मको छायांकनमा जोडिन भने उनलाई केही समय लाग्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-03, बुधवार

अघिल्लो वर्ष अभिनेत्री वर्षा सिवाकोटीको जीवनमा ठूलो उतार-चढाव आयो । लगनगाँठो कसेको ९ महिनामा उनले कानुनी रुपमा सम्बन्ध टुंग्याएकी थिइन् । यो घटनाले उनलाई नराम्रोसँग विथोलेको थियो । जसले गर्दा उनी केही महिना फिल्म र मिडियाबाट समेत टाढा रहिन् । अब भने उनी फिल्ममा आफ्नो सक्रियता बढाउँदैछिन् । यतिबेला उनको पखाई फिल्म ‘काजी’लाई लिएर छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-03, बुधवार

अचेल पुराना लोकप्रिय गीतलाई रिमेक गरेर फिल्ममा राख्ने होडबाजी छ । यसले फिल्मको हाइप बनाउन सघाउने विश्वास मेकरमा देखिन्छ । तर, रिमेक गीत सुप्रिनेभन्दा विग्रने धेरै छन् । संगीत र गायनको कमजोरीका कारण प्रायः रिमेक गीतले दर्शकको गाली खाएका छन् । हुन त कालजयी गीतलाई रिमेक गर्दा त्यही मीठास हुँदैन । तर, रिमेकको नाममा गीत बेच्ने काम मात्र भैरहेको छ ।

Results : 3559 - 3564 of 24235