
नेपाली समाजभित्रको कथा-व्यथालाई मनछुने गरि पर्दामा उतार्न सक्ने निर्देशकको रुपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । ‘पशुपति प्रसाद’ होस् या ‘आमा’, ‘धनपति’ होस् या ‘चिसो मान्छे’, यी उनको विशेषता चिहाउने आँखीझ्याल हुन् । उनले जुन प्रकारका फिल्म पस्किरहेका छन्, त्यसको उनको निर्देशकीय कद उँचो बनाएको छ । यसैले त उनलाई फिल्ममा गल्ती गर्न छुट छैन भन्ने गरिन्छ ।

प्रायः कम उमेरका अभिनेत्रीहरु फिल्ममा आमाको भूमिका निर्वाह गर्न डराउँछन् । यसले एउटा छवि निर्माण हुने र भविष्यमा अरु भूमिकामा प्रस्ताव नआउने डर उनीहरुमा हुने गर्छ । तर, केहीले कम उमेरमै आमाको भूमिका निर्वाह गर्ने बोल्ड कदम उठाएका छन् । त्यसमध्ये एक हुन्, अर्चना जोइस । २४ वर्षको उमेरमै उनले साउथ फिल्म ‘केजीएफ’मा आमाको भूमिका निभाएकी थिइन् ।

दशैंको फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को मार्मिक भावको गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक ‘मेरो शिव’ बोलको गीतमा फिल्मका प्रमुख पात्रहरु विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल भावुक मुद्रामा चित्रित छन् । यस गीतले उनीहरुको मनोभाव बोलेको छ ।

कोरोना महामारीको समयमा महिनौं फिल्मको काम पूर्ण रुपमा ठप्प भएपछि धेरै कलाकारहरुले वैकल्पिक पेशा सुरु गरेका छन् । प्रायःले रेस्टुरेन्टमा लगानी गरेका छन् भने कसैले रियल स्टेट, शेयर कारोबार, बुटिक आदिमा हात हालेका छन् । यस्तैमा, फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेर बलिउड प्रवेशका लागि मुम्बईमा संघर्षरत अदिती बुढाथोकीले पनि व्यवसाय थालेकी छन् ।

गएको स्थानीय तह र संघीय निर्वाचनमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतले स्वतन्त्र र पार्टीगत केही उम्मेदवारको पक्षमा खुलेरै सामाजिक सञ्जालबाट मत मागेका थिए । विशेषगरि, काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहलाई जिताउन उनी सक्रिय देखिएका थिए । उनी आफैं राजनीतिप्रति चासो राख्छन् । यसैले उनका फिल्ममा कुनै न कुनै रुपमा राजनीतिक जोडिएको हुन्छ ।

विस्तारै विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाउन थालेको छ । कुनै बेला विन्ती गरेर टिकट बिक्री गरिन्थ्यो र रेस्टुरेन्ट या कम्यूनिटी हलमा प्रोजेक्टरबाट फिल्म देखाइन्थ्यो । अहिले विदेशी फिल्मसरह बक्स अफिसमै रिलिजको हैसियत नेपाली फिल्मले बनाइसकेको छ । र, केही फिल्मले विदेशमा राम्रो कमाई पनि गरेका छन् । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ यसका उदाहरण हुन् ।

