Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3553 - 3558 of 23515
फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २४, आईतवार

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘दुई नम्बरी’को स्टारकास्टलाई लिएर फिल्म ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनवारले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २४, आईतवार

अभिनेता टर्न निर्देशक सरोज खनालले फिल्म ‘बगान’ले नेपाली समाजको यथार्थ चित्रण गरेको बताएका छन् । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेका उनले बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समस्यासँग जुध्न र समाधानका लागि समाजलाई बाटो देखाउन फिल्मले भूमिका खेल्ने विश्वास व्यक्त गरे । फिल्मले एकल महिलाहरुको कथा बोल्ने निर्देशक खनालको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २३, शनिवार

फिल्म ‘नाईं नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका मुस्कान ढकालले फिल्म ‘समर लभ’ रिलिजको करिब चार वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनको निर्देशनमा फिल्म ‘पञ्चामृत’ बन्न लागेको हो । ठूलो क्यानभासमा निर्माणको तयारी भैरहेको फिल्ममा निर्देशक ढकालले कलाकारको लाइनअप बलियो बनाएका छन् । कलाकारले नै फिल्मलाई प्रतिक्षीत बनाउने देखिन्छ ।

एजेन्सी, मुम्बई, २०८० आषाढ २३, शनिवार

तेलुगू फिल्मले भारतको मूलधार मानिने बलिउडभन्दा ठूलो फड्को मारिसकेको छ । कुनै समय तेलुगू फिल्मलाई क्षेत्रीय भाषाको फिल्मको रुपमा मात्र हेरिन्थ्यो । तर, अहिले सबैभन्दा चासोको इन्डस्ट्री बनेको छ । भारतमै सर्वाधिक पखाई तेलुगू फिल्मको हुने गर्छ । र, कमाईमा पनि अब्बल बनिरहेको छ । तेलुगू फिल्मको बढ्दो बजारसँगै त्यहाँका अभिनेताहरुको पारिश्रमिक चुलिँदो छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २२, शुक्रवार

आगामी भदौ १४ गतेदेखि दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछन् । रोचक कुरा के छ भने दुवै फिल्ममा अभिनेता मुकुन भुषाल मुख्य भूमिकामा छन् । र, यी दुवै फिल्मको टिमबीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलेको छ । शुक्रबार दिउँसो ‘ऐँचो पैँचो’को टिजर रिलिज गरियो । साँझपख ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २२, शुक्रवार

निर्मात्री कृषा चौलागाईंले निर्देशनको सपना पूरा गरेको फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । फिल्मले राजनीतिक र प्रेमकथाको विषयलाई उठान गरेको टिजरले बुझाउँछ । माला लगाएका मुकुन भुषाललाई उचालेको दृश्यबाट सुरु भएको टिजर स्वस्तिमा खड्काले आफैँलाई अनुहारमा रंग दलेको दृश्यबाट अन्त्य छ । संवादरहित टिजरमा ब्याकग्राउन्ड म्यूजिक सशक्त छ ।

Results : 3553 - 3558 of 23515