Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3571 - 3576 of 23515
फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २०, बुधवार

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलर एकल महिलाको पुनर्विवाहको कथामा केन्द्रित छ । आमा (करिश्मा मानन्धर)को पुनर्विवाह गराउन छोरी (प्रमिला कार्की)ले गर्ने संघर्ष र त्यसमा परिवारले गर्ने अवरोधलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २०, बुधवार

२०७१ सालमा प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा फिल्म बन्ने भएको छ । दिनेश नजिकका एक व्यक्ति (हालै जेलमुक्त भएका)ले अभिनेता कोशिश क्षेत्रीलाई फिल्मको प्रस्ताव राखेका छन् । कोशिशले आफूलाई फिल्मबाट प्रस्ताव आएको जानकारी दिँदै आगामी वर्षभित्रमा निर्माण हुनसक्ने बताए । उनलाई चरीको भूमिकाका लागि प्रस्ताव गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ २०, बुधवार

अभिनेत्री शिल्पा मास्केले फिल्मको सफलता अनुभव गर्न पाएकी छैनन् । हलिउड र बलिउड फिल्म हुँदै ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा भित्रिएकी उनले अभिनयमा राम्रो सम्भावना देखाए पनि फ्लप श्रृंखलाले छाँयाझैँ पछ्याइरहेको छ । उनको दोस्रो फिल्म ‘कागजपत्र’ पनि असफल भएको थियो । केमियो भूमिका गरेका फिल्म (कठपुतली र फूलबारी)ले समेत उनलाई राहत दिएनन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १९, मंगलवार

चर्चित रक गायक तथा नेपाली फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता रोविन तामाङको निधन भएको छ । तामाङको फेसबुकबाट उनको निधनको जानकारी गराइएको हो । फेसबुकमा लेखिएको छ, ‘दुखद समाचार । रोविनको आज निधन भएको छ । हामी तपाईंहरुलाई जानकारी गराउँदै रहनेछौं ।’ बुढानिलकण्ठस्थित निजी निवासमा उनको निधन भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १९, मंगलवार

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्मको नाम ‘उपहार’ राखिएको छ । मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो । ‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।

एजेन्सी, मुम्बई, २०८० आषाढ १९, मंगलवार

‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता यादगार फिल्मका निर्देशक करण जोहरले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित ट्रेलरले बलियो दृश्यभाषाको संकेत गर्छ ।

Results : 3571 - 3576 of 23515