Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3493 - 3498 of 23515
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ६, शनिवार

करिब ५ वर्षपछि नेपाली फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा तय गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै उपत्यकाभित्रका तीनवटा हलमा सय दिन मनाएको हो । क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूब हलमा फिल्म सय दिनसम्म टिकेको छ । यसअघि २०७५ सालमा फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ५, शुक्रवार

‘मञ्जरी’ फेम्ड निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘जुलेबी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको थिमअनुसार गुलाबी ‘कलर टोन’मा तयार पारिएको पोस्टरमा फिल्ममा प्रमुख कलाकारहरु निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक र सुशील सिटौला गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरको पुच्छरमा एक जोडीको प्रेमभावलाई पनि प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ५, शुक्रवार

फिल्ममा असफलतासँग जुधिरहेकी अभिनेत्री शिल्पा मास्केले नाटकमा डेब्यू गरेकी छन् । घिमिरे युवराजको निर्देशन तथा कुमार नगरकोटीको लेखन रहेको ‘ट्रान्जिट’ नामक नाटकमा उनी मुख्य भूमिकामा छिन् । साउन ५ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको नाटकको बिहीबार प्रिमियर आयोजना गरिएको थियो । जहाँ शिल्पाले अभिनयको प्रशंसा कमाइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ५, शुक्रवार

नेपाली फिल्म क्षेत्रको ठूलो ब्रान्ड हो, ‘छक्का पञ्जा’ । यसले कमाईमा इतिहास रचेको छ । दर्शकको विश्वास कमाएको छ । यसैले त यसका हरेक श्रृंखला बक्स अफिसमा ब्लकबस्टर हुँदै आएका छन् । ‘छक्का पञ्जा’ सिरिजले कमाईमा बनाएको रेकर्ड तोड्न अरु नेपाली फिल्मलाई मुश्किल मानिएको थियो । तर, रेकर्ड तोड्नलाई नै बन्छ । र, ‘छक्का पञ्जा’को रेकर्ड ‘कबड्डी ४’ले तोड्यो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ४, बिहिवार

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ । यो गीतले फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेमभाव बोल्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ४, बिहिवार

यस वर्षदेखि स्वदेशी र विदेशी फिल्मले नेपालमा गरेको कमाई सार्वजनिक गर्न सुरु थालेको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका फिल्महरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा १३५ वटा स्वदेशी र विदेशी फिल्महरु प्रदर्शन भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली तथा विदेशी फिल्मको कमाईमा ठूलो अन्तर छैन ।

Results : 3493 - 3498 of 23515