Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3499 - 3504 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-11-06, सोमवार

भारतसँग नेपालको सीमा विवाद वर्षौंदेखि ज्यूँकात्यूँ छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटिएको नयाँ नक्सा २०७७ सालमा जारी गरेको भए पनि भारतले त्यसलाई मानेको छैन । दुई देशबीच सीमा विवाद समाधान हुन नसकिरहेको अवस्थामा बेला बखतमा भारतीय सेलिब्रेटीहरुबाट पनि नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रियतामाथि प्रहार हुँदै आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-05, आईतवार

केही वर्षयता टिकटकको शक्ति नेपालमा यो हदसम्म छ कि देशको कहीँ कुना-कन्दरामा गुमनाम जीवन बाँचिरहेको व्यक्ति पनि रातारात सेलिब्रेटी बन्न सक्छ । यो अनुभव यतिबेला अभिनेत्री सुपुष्पा भट्टले पनि गरिरहेकी हुन सक्छिन् । उनले तीनवटा फिल्ममा काम गरेर पाउन नसकेको चर्चा यतिबेला टिकटकबाट भैरहेको छ । केही दिनयता टिकटकभरि उनी राम्रैसित छाइरहेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-05, आईतवार

राजनीतिमा सक्रिय भएपछि अभिनयमा निस्क्रिय देखिएकी अभिनेत्री रेखा थापाले करिब ५ वर्षपछि फिल्म ‘उपहार’बाट पुनरागमन गरेकी छन् । फिल्ममा उनी स्वयंको मुख्य भूमिका रहेको छ भने उनका श्रीमान् बलराम शाही ठकुरी निर्मातामा छन् । ५ महिनाको गर्भवती रहँदा यो फिल्ममा एक्सनदेखि नृत्यसम्म गरेकी उनी ‘उपहार’लाई आफ्नो करिअरकै नयाँ जन्मको रुपमा ब्याख्या गर्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-05, आईतवार

संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-04, शनिवार

शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-04, शनिवार

कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापाको ठूलो जगजगी थियो । तिहारमा देउसेले ‘ढुंगा छुँदा सुनै हओस्’ भनेर दिने आशिषजस्तै उनले जुन फिल्म छोए पनि ‘सुपरहिट’ हुने गर्दथे । पोस्टरमा उनको अनुहार राखेको भरमा मात्रै पनि फिल्म चल्ने युग थियो । रोमान्टिक होस् वा एक्सन, हरेक भूमिकामा उनी जमेकी थिइन् । यसैले त रेखालाई ‘नायक’को रुपमा परिभाषित गरिन्छ ।

Results : 3499 - 3504 of 23944