Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3481 - 3486 of 23513
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ८, सोमवार

अभिनेता सलोन बस्नेतको अभिनयमा खोट दिने ठाउँ कमै भेटिन्छ । बाल्यकालदेखि नै अभिनयमा भिजेकाले उनी अनुभवी छन् । चलबुले स्वभावको चरित्रमा रुचाइएका उनलाई लिड हिरोभन्दा हिरोलाई साथ दिने भूमिका बढी फापेको छ । उनको प्रयास भने आफ्नै स्टारडमले फिल्म चलाउने छ । तर, उनको त्यो सपना पूरा हुन पाएको छैन । अब उनलाई फिल्म ‘जय हो’बाट आशा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ८, सोमवार

साहित्य क्षेत्रको एउटा गर्विलो नाम हो, उपेन्द्र सुब्बा । उनका सृजना रसिक शैलीका हुन्छन् । देश र समाजको यथार्थ चित्रण उनको सृजनामा भेटिन्छ । फिल्म ‘कबड्डी’ श्रृंखलाबाट अब्बल लेखकको रुपमा समेत चिनिएका सुब्बाको परिचयको दायरा थप फराकिलो बनेको छ । फिल्म ‘जारी’बाट सुब्बाले निर्देशनमा फड्को मारेका छन् । उनको पहिलो फिल्मले नै प्रदर्शनमा दुर्लभ रेकर्ड बनायो ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ८, सोमवार

भनिन्छ, ‘१२ वर्षपछि बगेको खोला पनि फर्किन्छ ।’ यो उखान निर्देशक शंकर घिमिरेको हकमा लागू भएको छ । उनी १२ वर्षको अन्तरालपछि निर्देशनमा फर्किने भएका छन् । सन् २०११ मा फिल्म ‘ब्रेकफेल’ बनाएपछि निर्देशनबाट टाढिएका उनले अब ‘तेल भिसा’ नाममा फिल्म बनाउन लागेका हुन् । आइतबार फिल्मको मुख्य भूमिकामा उनले अभिनेता विपिन कार्कीलाई अनुबन्ध गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

यही साउन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । श्रृंखलाबद्ध हत्या र त्यसको अनुसन्धान गरिरहेको प्रहरीको वरिपरि ट्रेलर केन्द्रित छ । फिल्मले हत्या, हिंसा र बलात्कारको कथालाई उठान गरेको ट्रेलरले प्रष्ट्याउँछ । रोहित मानन्धर र रिस्ता बस्नेत प्रहरीको भूमिकामा छन् । प्रमोद अग्रहरीको चरित्र पनि प्रहरीसँग सम्बन्धित देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ७, आईतवार

यम शेर्पाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘कार्साङ’बाट छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । उनीसँग शेर्पा समुदायमा बनेका केही फिल्म तथा म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । विश्वकै सर्वाधिक उचाइँ (कालापत्थर)मा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमा नाम समेत लेखाइसकेकी शेर्पा ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता पनि हुन् ।

Results : 3481 - 3486 of 23513