
उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को शीर्ष गीत सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा अभिनेता इओन लिम्बु र अभिनेत्री सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यो गीत पर्यटकीय क्षेत्र मुस्ताङमा खिचिएको हो ।

एउटा घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुनमा रिहा भएका अभिनेता पल शाहलाई यतिबेला म्यूजिक भिडियो र फिल्म दुवैको अभाव छैन । रिहा भएपछि उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । दशैंभन्दा अघि उनले फिल्म ‘मायावी’मा काम गरे । यो फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी नै छ । उनको पाइपलाइनमा अर्को फिल्म पनि छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा आयोजित अधिवेशनबाट पाण्डेय २ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि इनास नेपालको तदर्थ समितिको संयोजकमा थिए । २ दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा आबद्ध उनका धेरै गीत लोकप्रिय छन् ।

अभिनेत्री केकी अधिकारीले २०६८ सालमा फिल्म ‘स्वर’बाट डेब्यू गरेकी थिइन् । पहिलो फिल्मदेखि नै अभिनयको वाहवाही बटुल्दै आएको भए पनि उनले सफलताको महसुस भने २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’बाट मात्रै गर्न पाइन् । यो बीचमा उनका करिब २५ वटा फिल्म असफल भए । ‘छ माया छपक्कै’ले भने उनलाई सफलताको ढोका नै खुलाइदिएको छ ।

निर्देशक नारायण रायमाझी र निर्माता राजेश बंशलबीच तीनवटा फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’मा जुगलबन्दी भयो । यी तीनवटै फिल्म सफल ठहरिए । ‘परदेशी २’ले त अघिल्ला दुई फिल्मभन्दा ठूलो व्यापार गरेको छ । फिल्मले दशैं विदाको राम्रो फाइदा उठाएको थियो । चौंथो हप्ताको संघारमा रहेको फिल्मले पूर्वका हलहरुमा अझै पनि उल्लेख्य मात्रा दर्शक पाइरहेको छ ।

सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको फिल्म ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार बिहान काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्त समारोहमा निर्देशक-निर्मातादेखि कलाकारहरुको उपस्थिति रहेको थियो ।

