
नेपाली फिल्मबीच भिडन्त नौलो कुरा होइन । अक्सर चाडबाडको विदामा फिल्मबीच भिडन्त हुँदै आइराखेको छ । नेपाली बजार र हलले एकै मितिमा दुईवटासम्म फिल्म धान्न सक्ने अवस्था भए पनि कहिले काहीँ यो संख्या नाघ्ने गर्छ । जसले गर्दा दर्शक बाँडिन्छन् । हल बाँडिन्छ । र, निर्माताले घाटा बेहोर्नुपर्छ । आगामी फागुन २५ गते (महाशिवरात्री)मा यस वर्षको ठूलो भिडन्त हुने देखिन्छ ।


यस वर्षको महाशिवरात्रीमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने छनक देखिएको छ । आगामी फागुन २५ गते एकपछि अर्को फिल्म थुप्रिरहेका छन् । ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’पछि अब यो मितिमा अभिनेत्री रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ पनि प्रदर्शनमा आउने भएको छ । शुक्रबार एक गीत रिलिज गर्दै महाशिवरात्रीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएदेखि बोर्ड इतिहासमा नै सर्वाधिक विवादमा तानिँदै आएको छ । कहिले राष्ट्रिय अवार्डबाट उत्कृष्ट फिल्मको विधा नै हटाउने निर्णयका कारण होस् या केही संस्थाहरुले फिल्मको नाममा आपत्ति जनाएपछि शीर्षक नै हेरफेर गर्न भूमिका खेलेको घटनाले होस्, उनीसँगै बोर्डको औचित्यमाथि पनि गम्भीर प्रश्न उठ्दै आइरहेको अवस्था छ ।

अभिनय र लेखनमा अब्बल मानिएका खगेन्द्र लामिछानेका लागि यस वर्ष विशेष छ । यही दशैंमा उनको लेखन तथा निर्माण रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ व्यावसायिक रुपमा सफल ठहरियो । अब उनको मुख्य भूमिका रहेको फिल्म ‘दिमाग खराब’ तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म पनि सफल भैदिए उनका लागि यस वर्ष यादगार रहनेछ ।

इन्टनेटको पहुँच बढेसँगै विभिन्न सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्ने ट्रेन्ड पनि बढेको छ । निर्माताले फिल्मको प्रचारका लागि सामाजिक सञ्जालमा मात्रै लाखौं रुपैयाँ खर्चिँदै आएका छन् । अब यसको विकल्पको रुपमा ‘पोष्टाम’ नामक अनलाइन प्लेटफर्मको उदय भएको छ । फिल्मका सामाग्रीलाई विश्वभर पुर्याउने उद्देश्य लिएको उक्त प्लेटफर्मले फिल्म ‘काजी’सँग सहकार्य गरेको छ ।

