मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड सेलिब्रेटीमा किन बढ्दैछ पर्सनालिटी राइट्सको चिन्ता ?

एजेन्सी, काठमाडौं, 2024/05/16

Amitabh anil jackie- India TV Hindi

 

बलिउड सेलिब्रेटीहरुमा ‘पर्सनालिटी राइट्स’ (व्यक्तित्व अधिकार)को चिन्ता बढ्दो देखिएको छ । त्यसका लागि उनीहरुले कानुनी बाटो रोज्न थालेका छन् । दुई वर्षअघि अभिनेता अमिताभ बच्चनले आफ्नो अनुमतिबिना व्यावसायिक लाभका लागि आवाज, तस्वीर र चालढाल प्रयोग भएको भन्दै अदालतमा मुद्धा हालेका थिए । पछि उनलाई पछ्याउँदै अभिनेता अनिल कपूर पनि अदालत पुगे ।

दिल्ली उच्च अदालतले अमिताभ र अनिलको पक्षमा फैसला गर्दै उनीहरुको अनुमतिबिना आवाज, तस्वीर र चालढाल प्रयोग नगर्न आदेश दिएको थियो । यस्तैमा अर्का बलिउड अभिनेता ज्याकी श्राफले पनि आफ्नो व्यक्तिगत पहिचान बचाउन अदालतको ढोका ढकढकाएका छन् । ‘जग्गु दादा’ उपनाम, ‘भिडु’ थेगो, आवाज र हाउभाउको सुरक्षाको माग गर्दै उनी दिल्ली अदालत पुगेका हुन् ।

सोसल मिडिया (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि), एआई र जीआईएफ तथा मीम बनाउने प्लेटफर्ममा आफ्नो आवाज र नामलाई बिना अनुमति प्रयोग गरिएको भन्दै ज्याकीले कानुनी बाटो रोजेका हुन् । उनको आवाज र हाउभाउमा विभिन्न टीभी शोहरुमा समेत कलाकारहरुले हँसाउने उद्देश्यले प्रस्तुति दिने गरेका छन् । यसले आफ्नो व्यक्तिगत पहिचान गुम्ने खतरा बढेको उनको भनाई छ ।

भारतीय कानुनमा पर्सनालिटी राइट्सको सुरक्षालाई लिएर प्रष्ट रुपमा उल्लेख छैन । तर, पछिल्लो समय भारतमा यस्तो मामला धेरै आइरहेका छन् । व्यावसायिक लाभका लागि चर्चित कलाकारको आवाज, तस्वीर तथा शारीरिक हाउभाउ प्रयोग गरेर ‘डीपफेक’ सामाग्री तथा ‘मिस्लीडिङ कन्टेन्ट’ बनाउने क्रम बढेको छ । यो अहिले भारतीय कलाकारहरुका लागि चिन्ताको विषय बनेको छ ।

Most Visited News (monthly)