Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2953 - 2958 of 23506
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १९, मंगलवार

दीपकराज गिरी र दीपाश्री निरौलाको क्याम्पबाट बाहिर रहेर दोस्रोपटक अभिनेता केदार घिमिरेले फिल्ममा काम गर्ने भएका छन् । यसअघि सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’मा काम गरेका उनी अब ‘कङ्गारु’मा जोडिएका छन् । सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । फिल्ममा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १८, सोमवार

माधवराज खरेल निर्देशित फिल्म ‘चिट्ठी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुटेको तारा’ बोलको वियोगान्त भावको गीतमा शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना र सरोज कोइरालाको संगीत छ । गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता सञ्जीत भण्डारी चित्रित छन् । गीतमा उनी प्रेम वियोगमा मानसिक सन्तुलन गुमेको पात्रको रुपमा जीवन्त देखिएका छन् ।

एजेन्सी, मुम्बई, २०८० मंसिर १८, सोमवार

रिलिजपूर्व नै ‘रेकर्डब्रेक’ कलेक्सनको प्रक्षेपण गरिएको बलिउड सुपरस्टार रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले बक्स अफिसमा आफ्नो शक्ति देखाएको छ । ५४ करोड ७५ लाखको ओपनिङ गरेको फिल्मले अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ले विकेन्ड कलेक्सनमा बनाएको रेकर्डलाई समेत सजिलै तोडेको छ । र, फिल्मले तीन दिनमा १ सय ७६ करोडमाथि कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १८, सोमवार

जेल जीवनभन्दा अघि अभिनेता पल शाहले लगभग एक्लैले म्यूजिक भिडियो इन्डस्ट्री धानेका थिए । उनी जेल गएपछि एकखालको सन्नाटा छाएको थियो । म्यूजिक भिडियो बन्न कम मात्र भएनन्, युट्युबमा भ्यूजकै समेत खडेरी देखिएको थियो । उनी जेलबाट रिहा भएपछि भने म्यूजिक भिडियो क्षेत्रमा चहलपहल फर्किएको छ । यो बीचमा उनले मात्र दुई दर्जनभन्दा बढी म्यूजिक भिडियो गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १८, सोमवार

नेपाली फिल्म निर्देशनमा उदय सुब्बाले जीवनको आधाउधी उमेर विताइसकेका छन् । राजेश हमालदेखि जीवन लुईंटेलसम्मलाई निर्देशन गरिसकेका उनी अहिले पनि निर्देशनमा सक्रिय छन् । यही मंसिर २९ गते उनी निर्देशित नयाँ फिल्म ‘दुई कदम’ प्रदर्शनमा आउँदैछ । यसपटक उनले दुई नयाँ कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । यो कथाकै माग रहेको उनको भनाई छ ।

Results : 2953 - 2958 of 23506