Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2827 - 2832 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-06-27, बिहिवार

स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । फिल्मलाई ५ वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान भए पनि ‘आचार्य’को सेन्सर गरिएको भेटिएपछि बोर्डले फिल्मको प्रदर्शन रोकेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-26, बुधवार

अभिनेता सुरज सिंह ठकुरीले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘सभर लभ’ (सन् २०१९) मा लेखकको भूमिकामा अभिनय गरेका उनले प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार इन्स्टाग्राममार्फत ठकुरी स्वयंले फिल्ममा आफू आबद्ध भएको जनाए । यसमा उनी काल पात्रको भूमिकामा देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-26, बुधवार

‘इट्स माई शो’ नामक कार्यक्रमको पछिल्लो श्रृंखलाले ठूलो विवाद निम्त्याएको छ । उक्त कार्यक्रमको अतिथि बनेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले केही कलाकारको व्यक्तिगत विषय उठाएपछि यतिबेला तीव्र आलोचना भइरहेको छ । थुप्रै कलाकार तथा दर्शकहरुले अन्तर्वार्तालाई लिएर आपत्ति जनाइरहँदा चलचित्र कलाकार संघ पनि बोल्न बाध्य भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-26, बुधवार

अगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । एउटा मात्र पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटी केन्द्र भागमा छिन् । यसले फिल्मको कथा उनीमै केन्द्रित रहेको बुझाउँछ । हर्षित भावमा देखिएकी उनको पहिरन हेर्दा शिक्षिकाको भूमिका हुनसक्ने अनुमान गर्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौँ, 2024-06-26, बुधवार

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ नामक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण यति बेला अभिनेत्री द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्को आलोचना भइरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2024-06-25, मंगलवार

विदेशी भूमिमा बस्ने नेपालीको मुद्धालाई उठाएर बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सकिएको छ । आइतबार र सोमबार भ्वाइस अफ नेपालको स्टुडियो तथा बालाजुस्थित एनएफडिसीमा ‘आँखै रसिलो’ बोलको गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक मित्र प्रधान (नर)ले जानकारी दिए । गत जेठमा भने फिल्मको छायांंकन अमेरिकामा गरिएको थियो ।

Results : 2827 - 2832 of 24233