Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2821 - 2826 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-06-29, शनिवार

सुपरस्टार दयाहाङ राईले अचेल आदिवासी जनजाती समुदायको कथामा बनेका फिल्महरु बढी गरिरहेका छन् । चाहे त्यो ‘कबड्डी’ होस् या ‘जारी’, ‘गाउँ आएको बाटो’ वा ‘दयारानी’ नै किन नहोस् । कहिले लिम्बू त कहिले थकाली चरित्रमा देखिरहेका हुन्छन् । यो समुदायको कथामा उनी करिब निर्विकल्प रोजाई बनेका छन् । एकपटक फेरि उनी फिल्म ‘घरज्वाइँ’मा मगर चरित्रमा देखिँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-28, शुक्रवार

नेपालीहरुको ठूलो बसोबास रहेको बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ मा अवार्ड आयोजना हुन लागेको जानकारी गराइयो । यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-28, शुक्रवार

२०७५ सालमा रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘साइँली’ बनेको थियो । अब ‘माइली’ नाममा पनि फिल्म बन्ने भएको छ । बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा अनुबन्ध भएकी छन् । फिल्ममा उनी माइलीको भूमिकामा देखिने निर्देशक बलामीले जानकारी दिए । प्रियंकासँग निर्माण टिमले यसै साता कागजी सम्झौता गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-28, शुक्रवार

अघिल्लो सातासम्म फिल्म ‘जेरी अन टप’को मुख्य अभिनेत्रीमा आना शर्मा थिइन् । तर, गत शनिबार ‘फोटोसुट’मा उनी नआएपछि निर्माण टिमले उनलाई हटाएर अभिनेत्री जसिता गुरुङलाई अनुबन्ध गर्‍यो । फोटोसुटका लागि दिनभर पर्खिँदा पनि आना उपस्थित नभएको र फोन समेत नउठाएको निर्माता सरोज न्यौपानेले फिल्मीखबरसँग बताएका थिए । उनले व्यावसायिकता नदेखाएको सरोजको आरोप थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-27, बिहिवार

यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट २ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।

Results : 2821 - 2826 of 24233