Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2821 - 2826 of 23937
फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

नयाँ वर्ष २०८१ को साइत पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठले दुई दिनमा फिल्मले ३ करोड ६ लाख कमाई गरेको दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म हो, ‘महाजात्रा’ । अर्थात् रिलिजको हिसाबले चार हप्ता भैसकेको छ । तर, फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । काठमाडौं र मोफसल दुवैतिर फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखिएको छ । नयाँ वर्षमा त धेरै हलमा फिल्मको टिकट नै हाहाकार भएको थियो । बिहानदेखि रातिसम्मका अधिकांश शोज हाउसफुल भएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

सुपरस्टार सलमान खानलाई पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ । यसैले लामो समयदेखि उनी उच्च सुरक्षाको घेरामा छन् । यसका बावजूद आइतबार बिहान (करिब ५ बजे) उनको घर (ग्यालेक्सी अपार्टमेन्ट)बाहिर मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड ‘फायरिङ’ गरेपछि यतिबेला त्यहाँको माहोल तनावग्रस्त देखिएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

पछिल्लो समय फिल्मका गीतहरु ज्यादै कम रुचाइएका छन् । वर्षमा आधा दर्जन गीत पनि चर्चामा आउँदैनन् । र, अक्सर गीतको समस्या अडियोमै देखिन्छ । भिडियोमा तामझाम देखिए पनि अडियो कमजोर हुँदा गीतहरु दर्शकको रोजाईमा पर्न सकेका छैनन् । जसले गर्दा गीतमाथिको लगानी डुबिरहेको छ । यद्यपि, वर्षमा केही फिल्मका गीतले बजारमा राम्रो हलचल ल्याउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

कमर्शियल भ्यालु भएका फिल्मलाई प्राथमिकता दिँदै आएकी अभिनेत्री आँचल शर्माले पहिलोपटक फरक धारको फिल्म ‘एक मुठ्ठी बादल’मा काम गरेकी छन् । यो फिल्म उनकै काँधमा छ । यसै साता उनले फिल्मको सम्पूर्ण छायांकन भ्याएकी छन् । कास्कीको लामाचौर क्षेत्रमा २२ दिन लामो छायांकनपछि फिल्म ‘प्याकअप’ भएको हो । फिल्मको महत्त्वपूर्ण विधामा बहुसंख्यक महिला छन् ।

Results : 2821 - 2826 of 23937