Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2797 - 2802 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

पछिल्लो समय फिल्मप्रति दर्शकलाई आकर्षित गर्न मेकरहरुले अनेक जुक्ति अपनाउने गरेका छन् । कसैले फिल्मको थिमअनुसार विभिन्न प्रतियोगिता गरिरहेका छन् भने कसैले प्रचारका लागि फरक शैलीमा ‘कन्टेन्ट’ तयार पारिरहेका छन् । यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले भने प्रचारका खातिर र्‍‍याप गीत बनाएका छन्, जुन शुक्रबार रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को ‘तिमी आयौ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर, भीष्मराज फूलाराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा फिल्मका अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । एक हप्ताअघि यो गीतको लिरिकल भिडियो रिलिज गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ऐन अभावका कारण आदिवासी जनजाति फिल्महरु ओझेलमा परेको बताएका छन् । बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार बालग्राम सुनसरीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अब नयाँ ऐन पारितका लागि फिल्मकर्मीहरुले आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला काठमाडौंमा अन्तिम चरणको छायांकन भइरहेको छ । यसका लागि दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरु समेत नेपाल आएका थिए । ‘गजनी’ भिलेन प्रदीप रावत र ‘पुष्पा’ भिलेन सुनील वर्माले दुई दिनमा आफ्नो भागको छायांकन सकाएर स्वदेश फर्किसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-07-04, बिहिवार

कुनै बेला म्यूजिक भिडियोलाई मनोरञ्जनको रुपमा मात्र लिइन्थ्यो । र, त्यही हिसाबमा बन्थे । तर, अचेल फिल्मभन्दा पनि सशक्त दृश्यभाषा र प्रस्तुति म्यूजिक भिडियोमा हुन्छ । बुधबार सार्वजनिक गरिएको लोक देउडा तथा ठाडी भाकाको ‘हिरूलाल’ बोलको गीत यसको उदाहरण हो । गीतले उठाएको विषयदेखि कलाकारको अभिनयसम्म बुलन्द छ । यसमा कर्णालीको जीवन भेटिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-04, बिहिवार

कुनै समय काठमाडौंमा टिक्न डालोमा बदाम र गाडामा खोर्सानी बेच्ने गरेका बुद्धि तामाङ अहिले नेपाली फिल्मका सर्वाधिक व्यस्त र रुचाइएका चरित्र अभिनेतामा पर्छन् । फिल्म ‘कबड्डी’मा बोलेको ‘हैट’ थेगोले उनलाई कलाकारितामा स्थापित गरिदियो । र, यही थेगो उनको पहिचान बन्यो । आजका दिनमा पनि उनी वास्तविक नामले कम, ‘हैट’ थेगोका कारण नै दर्शकमाझ बढी चिनिन्छन् ।

Results : 2797 - 2802 of 24233