
उच्च अदालत पाटनले कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शनको लागि कानुनी बाटो खुलेको छ । यही फिल्ममा समावेश सीतासम्बन्धी संवादलाई लिएर काठमाडौंसहित देशका विभिन्न शहरमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

अभिनेता आर्यन सिग्देलको करिअर जति छिटो उचाइँमा पुग्यो, त्यही गतिमा ओरालो झर्यो । कुनै समय उनलाई नेपाली फिल्मको ‘नम्बर वान नायक’ भन्ने गरिन्थ्यो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । फिल्मको सफलता उनलाई सामान्य थियो । तर, अहिले असफलताले उनलाई छायाँ झैं पछ्याइरहेको छ । विगत ६/७ वर्षदेखि उनी एउटा हिट फिल्मका लागि भौतारिएका छन् ।

‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शन अगावैदेखि विवादमा तानिएको थियो । तर, त्यो विवाद सामाजिक सञ्जालमा मात्रै सीमित थियो । तर, प्रदर्शनमा आएपश्चात् फिल्ममा समावेश संवादको भाषालाई लिएर अदालतमा मुद्धा दर्तादेखि सडकमा विरोध प्रदर्शनसम्म भैरहेका छन् । फिल्मले रामायण ग्रन्थलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।

हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवादलाई लिएर नेपालमा भैरहेको विवादको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्सर बोर्डले संवाद हटाउन लगाएर नै प्रदर्शन अनुमति दिएको प्रष्टीकरण दिइन् ।


लण्डनस्थित संसारकै दोस्रो ठूलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमा हुन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को विश्व प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अतिथिको रुपमा सहभागी हुने भएका छन् । बुधबार निर्देशक चाम्सले उनलाई प्रिमियरमा सहभागिताका लागि निम्तो पत्र दिएका थिए । र, साम्पाङले प्रिमियरमा आफू सहभागी हुने वचन दिएका छन् ।