Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2779 - 2784 of 24088
फिल्मीखबर, काठमाडौं, 2024-06-02, आईतवार

अभिनेत्री स्वस्तिमा खड्का कलात्मक र व्यावसायिक दुईटै धारका फिल्ममा जमेकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्मले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गर्‍यो । ‘होस्टेल रिर्टन्स’, ‘नाइँ नभन्नू ल ५’, ‘दिमाग खराब’, ‘छक्का पञ्जा २’ जस्ता फिल्मको सफलताले उनको करिअरलाई मजबूत बनाउन ठूलो भूमिका खेले । यतिबेला उनको करिअर उत्कर्ष विन्दूमा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-01, शनिवार

गत हप्ताको बिहीबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पूजार सार्की’ले दोस्रो हप्तामा पनि व्यापारिक रफ्तारलाई कायम राखेको छ । विशेषगरी विदाको दिन फिल्मप्रति दर्शकको क्रेज भव्य देखिन्छ । दोस्रो हप्ताको शनिबार पनि फिल्मले देशभर उच्च ‘अकुपेन्सी’ कायम गर्‍यो । ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आगामी दिनमा पनि व्यापार स्थिर रहने निर्माण टिमको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-01, शनिवार

फिल्मको रिलिज हेरफेर हुनु सामान्य भैसकेको छ । निर्माताले विभिन्न पक्षलाई मध्यनजर गर्दै रिलिज सारिरहेका हुन्छन् । आगामी असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को पनि रिलिज फेरबदल भएको छ । अब यो फिल्म एक हप्ता अगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा अरु दुई फिल्म पनि छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-01, शनिवार

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-01, शनिवार

यसपालिको विजयादशमी (दशैं)मा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक एक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत छन् । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । उनले कसैलाई पछ्याइरहेको संकेत पोस्टरले गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-31, शुक्रवार

जातीय विभेदविरुद्धको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पूजार सार्की’लाई सबैले हेर्न राष्ट्रिय दलित आयोगले आह्वान गरेको छ । बिहीबार फिल्मका निर्माता सुभाष भुसाललाई सम्बोधन गर्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा जारी विज्ञप्तिमा फिल्मले शिक्षा दिने र समाज परिवर्तनको सन्देश प्रवाह गरेको उल्लेख छ ।

Results : 2779 - 2784 of 24088