
नेपालमा व्यावसायिक रुपमा सफलता हासिल गरेको फिल्म ‘पूजार सार्की’ यतिबेला विदेशमा समेत प्रदर्शन भइरहेको छ । जापान, यूके, दक्षिण कोरिया, यूरोप, कतार लगायतका देशपछि आइतबार हङकङमा पनि फिल्म प्रदर्शन गरियो । जसमा सहभागी हुन नेपालबाट फिल्मका अभिनेताहरु आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बू र लेखक विकास सुवेदी हङकङ पुगेका थिए ।

६/७ वर्षअघि अभिनेत्री अनु शाहले फिल्म र म्यूजिक भिडियो लगातार गरिरहेकी थिइन् । तर, कोभिडपछि उनले म्यूजिक भिडियो छिटपुट गरिरहेको भए पनि फिल्मको अफर लगभग शून्यजस्तै छ । उनी ठूलो पर्दामा नदेखिएको नै ४/५ वर्ष भइसकेको छ । अब उनको कमब्याक फिल्म ‘ईश्वर’ आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मप्रति उनलाई ठूलो आशा छ ।

अनिता पण्डितको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको हो । यही असार २५ गते मंगलबार साँझ पोखराको ट्रेड मलस्थित क्यूएफएक्स (सिनेप्लेक्स) हलमा फिल्मको पहिलो प्रदर्शन हुँदैछ । यसपछि अरु सहर र देशबाहिर पनि प्रदर्शन गरिने निर्देशक पण्डितले जानकारी दिइन् ।

फिल्म ‘जेरी अन टप’मा अभिनेत्री परिवर्तनको विषय यतिबेला ‘हट इस्यू’ बनेको छ । अभिनेत्री आना शर्मा ‘फोटोसुट’मा नआएपछि निर्माण टिमले उनलाई हटाएर जसिता गुरुङलाई भित्रायो । यसको एक सातापछि आनाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै फोटोसुटमा आउन नसक्नुको कारण र व्यावसायिकता नदेखाएको भन्ने निर्माता सरोज न्यौपानेको आरोपको खण्डन गरेकी थिइन् ।

‘एक्सन स्टार’को रुपमा चिनिएका विराज भट्टको निर्देशनमा तयार भइरहेको फिल्म ‘१२ गाउँ’ यस वर्षको दशैंमा प्रदर्शन हुने निश्चित भएको छ । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन हुने जानकारी गराइएको हो । तर, प्रदर्शन मिति भने तोकिएको छैन । तथापि, दशैंको टीका (असोज २६) वा घटस्थापना (असोज १७) मध्ये एउटा मितिमा फिल्म रिलिज हुन सक्नेछ ।

फिल्म ‘ड्रिम्स’बाट अभिनेत्री साम्राज्ञी आरएल शाहको ‘ड्रिम’ डेब्यु भयो । अनमोल केसीजस्ता ‘सुपरस्टार’ हुँदा पनि उनले आफूलाई छायाँमा पर्न दिइनन् । अभिनयको प्रशंसा र फिल्मको सफलताले उनको करिअर चम्कियो । र, दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि हिट हुँदा धेरैले उनलाई अबको ‘नम्बर वान नायिका’को रुपमा हेर्न थालेका थिए । तर, त्यसपछि उनको करिअर सोचेजस्तो भएन ।

