Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2773 - 2778 of 24088
फिल्मीखबर, काठमाडौं, 2024-06-03, सोमवार

फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-03, सोमवार

कलाकारको करिअरमा निर्देशकको ठूलो भूमिका हुन्छ । यसैले स्थापित निर्देशकको छत्रछायाँमा बस्न चाहन्छन् कलाकारहरु । र, नेपाली फिल्ममा थोरै यस्ता निर्देशक छन्, जोसँग कलाकारहरु काम गर्न इच्छुक देखिन्छन् । त्यसमा पर्छन्, दिनेश राउत । कहिले ‘नोभेम्बर रेन’ जस्तो लभस्टोरी फिल्म त कहिले ‘प्रसाद’ जस्तो मौलिक फिल्म दिएका उनी ‘स्टार’ कलाकारको पनि रोजाईमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-03, सोमवार

दक्षिण भारतीय सुपरस्टार थलापति विजय चाँडै अभिनय छाडेर पूर्णकालिन राजनीतिमा आउँदैछन् । उनले करिब तीन महिनाअघि ‘तमिझागा वेत्री कझगम’ नामको पार्टी समेत घोषणा गरिसकेका छन् । सन् २०२६ मा हुने विधान सभामा उनले चुनाव लड्ने चर्चा छ । तर, योभन्दा अगाडि उनी दुईटा फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ र ‘थलापति ६९’ (वर्किङ टाइटल)मा देखिने तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-02, आईतवार

‘धौली’ र ‘पञ्चेबाजा’बाट मौलिक फिल्म बनाउने निर्देशकको पहिचान बनाएका घनश्याम लामिछानेले गत वर्ष प्रदर्शन भएको फिल्म ‘चित्रा’मा फरक प्रयास गरे । यसमा उनले बाबु-छोरीबीचको सम्बन्धको कथामा एक्सनको स्वाद पस्किएका थिए । अब उनको नयाँ फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा भने उनले विदेश बस्ने युवापुस्ताको कथा भनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-02, आईतवार

कलाकारहरुबीच चिसो-तातो सम्बन्ध भैरहन्छ । कहिले घनिष्ट देखिन्छन् त कहिले एकअर्काको नाम पनि सुन्न चाहँदैनन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको हकमा पनि यी दुईवटै चरण देखियो । फिल्म ‘प्रेमगीत’ गर्दा उनीहरु नजिक थिए । फिल्म रिलिजसम्म आइपुग्दा सम्बन्धमा चिसोपना सुरु भइसकेको थियो । फिल्म रिलिज भएपछि भने उनीहरुबीच बोलचाल नै बन्द भयो ।

फिल्मीखबर, काठमाडौं, 2024-06-02, आईतवार

कुनै बेला रोमान्टिक हिरोको छवि बनाएका अभिनेता राजबल्लभ कोइराला अब ९ वर्षपछि फिल्ममा फर्किँदैछ । फिल्म ‘एक्टर’बाट उनको कमब्याक हुन लागेको हो । करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएका उनी यो फिल्ममा अभिनय गर्न आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई फिल्मका निर्देशक राजन भुषाल र निर्माता थमनकुमार भण्डारीसहितले स्वागत गरेका थिए ।

Results : 2773 - 2778 of 24088