
फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अप्रत्यासित व्यापार गर्यो । प्रदर्शनको ५१औं दिन समेत मनाएको फिल्मले दश करोडमाथि व्यापार गरेको छ । फिल्मले सफलता पाए पनि टिमभित्र भने असन्तुष्टि देखिएको छ । आइतबार फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले निर्मात्री केकी अधिकारप्रति लक्षित गर्दै आफूलाई बेवास्था गरिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए ।


कुनै बेला नेपाली फिल्मलाई बलिउडको त्रास थियो । विशेषगरी तीन खान (सलमान, शाहरुख र आमिर)को फिल्म आउँदा हलमा केही हप्ता नेपाली फिल्म नै लाग्दैन थिए । अचेल भने साउथ फिल्म टाउको दुखाईको विषय बनिरहेको छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले नेपालमा गरेको कमाई हेर्दा साउथका ठूला स्टार र सिक्वेल फिल्मसँग भिड्न सहज देखिँदैन ।

यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को प्रचारमा यतिबेला अभिनेत्री पूजा शर्माको राम्रै दौडधुप देखिएको छ । हरेक दिन मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ भइरहँदा उनी वृक्षरोपणमा पनि सहभागी भएकी छन् । पशुपति मन्दिरको पूर्वमा रहेको मृगस्थली वन क्षेत्रमा सोमबार बिहान उनले फिल्मका अभिनेता कुन्साङ बोम्जनको साथमा वृक्षरोपण गरेकी थिइन् ।

नेपालीमा एउटा प्रचलित भनाई छ, ‘जति बुझ्यो त्यति कठीन, झन् झन् बुझ्यो झन् झन् कठीन ।’ अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेनबीचको सम्बन्ध पनि यही भनाईजस्तै छ । जति बुझ्यो त्यति नै कठीन हुन्छ । कहिले दाजु-भाईजस्ता देखिन्छन् त कहिले भेटघाट र बोलचाल नै बन्द हुन्छ । ‘प्रेमगीत ३’को बेला घनिष्ट देखिएका उनीहरुको यतिबेला सम्बन्ध चिसिएको चर्चा उत्कर्षमा छ ।

एक वर्षदेखि चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माताले बढाइँचढाइँ पनि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेका छन् । तर, गत जेठ १० गतेबाट प्रदर्शनरत दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को व्यापारिक आँकडा बाहिर ल्याइएको छैन । जसले गर्दा दुवै फिल्मको व्यापार अपेक्षाकृत नभएको हुनसक्ने अड्कलबाजी पनि भइरहेको छ ।

