
अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगरको एकपटक फेरि फिल्ममा जोडी बाँधिने भएको छ । नयाँ फिल्म ‘रुमानी रंग’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । बिहीबार फिल्मको निर्माण घोषणा गरिँदैछ । ‘इन्टु मिन्टु लण्डनमा’पछि केही मेकरहरुले यो जोडीलाई दोहोर्याउन खोजेको भए पनि सम्भव हुन सकेको थिएन । अब दोस्रोपटक उनीहरु एकसाथ देखिँदैछन् ।


अभिनेत्री रेखा थापाले पाँच वर्षपछि अभिनयमा पुनरागमन गरेको फिल्म हो, ‘उपहार’ । फिल्म ‘मालिका’ रिलिजपछि राजनीतिमा सक्रिय देखिएकी उनले गर्भवती अवस्थामा ‘उपहार’मा काम गरेकी थिइन् । पाँच वर्षपछि फिल्ममा फर्किएकाले उनी उत्साहित देखिन्छिन् । उनको बुझाईमा ‘उपहार’ एउटा अमूल्य विषय हो । दर्शकको मनमस्तिष्कमा वर्षौंसम्म फिल्म बस्ने उनको दाबी छ ।

मोडल नीति शाहलाई फिल्ममा डेब्यू गर्न ठूलै सकस भयो । चारवटा फिल्म सम्झौता गर्दा समेत कुनै बन्न सकेनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनी अब अर्को फिल्ममा जोडिएकी छन् । ‘कसले चोर्यो मेरो मन’का निर्देशक सविन श्रेष्ठको आगामी फिल्म ‘रुखान’मा नीतिले मुख्य भूमिकामा काम गर्न लागेकी हुन् । मंगलबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो ।

चरित्र निर्माणका लागि नेपाली कलाकारहरुले आवरणमा बढी मिहिनेत गरेको पाइन्छ । कपाल पाल्ने या खौँरिने, हुलिया फेर्ने, तौल घटाउनु र बढाउनु नै चरित्र निर्माण हो भन्ने धेरैको बुझाई छ । तर, यो आवरणको मिहिनेत हो । कुनै पनि चरित्रलाई आत्मसात् गर्न त्यसको चिन्तन, प्रवृत्ति, सोच, स्वभाव र आचरणलाई अनुभूति गर्न सक्नुपर्छ । अभिनेता सौगात मल्लमा केही हदसम्म यो गुण छ ।

माओत्से गुरुङको डेब्यू निर्देशित फिल्म ‘दयारानी’लाई हिट दाबी गरिएको छ । मंगलबार एक पोस्टरमार्फत् कलेक्सन रिपोर्टसहित हिट दाबी गरिएको हो । फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख छ । यद्यपि, फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । किनकि, तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छैन ।

