मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2617 - 2622 of 22675
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १५, सोमवार

नेपाली फिल्मकी ‘डबिङ क्विन’को रुपमा चिनिन्छिन्, रिश्ता बस्नेत । ‘मारुनी’, ‘समर लभ’, ‘चपली हाइट २’ लगायत कयैन् फिल्ममा मुख्य र सहायक महिला कलाकारको डबिङ गरिसकेकी उनले अभिनयमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छन् । उनले काम गरेका फिल्मको संख्या एक/डेढ दर्जनभन्दा बढी छ । तर, उनको डेब्यू फिल्म ‘होस्टेल’ मात्र व्यावसायिक रुपमा सफल मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १५, सोमवार

गएको एक वर्षमा व्यक्तिगत जीवनमा ठूलो उतार-चढावको सामना गरेकी अभिनेत्री वर्षा सिवाकोटीले २ वर्षको विश्रामपछि फिल्म ‘कामिनो’ साइन गरेकी थिइन् । उनले पहिलो पटक अभिनेता प्रदीप खड्कासँग काम गर्दै थिइन् । असारबाट छायांकनको तयारी गर्दै वर्कसप समेत भयो । तर, अब फिल्मको निर्माण नै अन्योल बनेको छ । एकपछि अर्को कलाकारले फिल्म छाडिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १५, सोमवार

एउटा चर्चित उखान छ, ‘साँढेको जुधाईमा बाच्छाको मिचाई ।’ यो उखान अभिनेता मुकुन भुषालको हकमा दुरुस्तै चरितार्थ भएको छ । निर्माताहरुको जुधाईमा उनी भने नराम्रोसँग मिचाईमा परेका छन् । आगामी भदौ १४ गते उनी अभिनीत दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म फरक-फरक विषयमा बनेको भए पनि दुवै फिल्मको केन्द्रमा मुकुन छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी सुल्झिन सकेको छैन । उनको निधन लगत्तै परिवारले छानबिनका लागि दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धानलाई जारी राखेको भए पनि कुनै उपलब्धि देखिएको छैन । प्रहरीले अनुसन्धानलाई गम्भीर रुपमा अगाडि नबढाएको भन्दै आइतबार दिउँसो सारुककी आमा किटानी जाहेरी दिन प्रहरी कार्यालय टेकु पुगेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोटप्याडमा सुसाइड नोट भेटिएको छ । सारुकको मोबाइललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउँदा आएको रिपोर्टमा सुसाइड नोट भेटिएको प्रहरीले जानकारी गराएको छ । सुसाइड नोटमा सारुकले विवाद ननिकाल्न र कसैलाई दुःख नदिन प्रहरीसँग आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण १४, आईतवार

गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छोरा सारुकको निधनपछि उनी विक्षिप्त बनेका छन् । छोराको निधनको चिन्ताले उनी बिरामी परेका हुन् । उनलाई पहिल्यैदेखि ढाड दुख्ने समस्या भने थियो ।

Results : 2617 - 2622 of 22675