Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2635 - 2640 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-03-22, शुक्रवार

सफलताको ग्यारेन्टी गर्ने फिल्म मानिन्छ, ‘जात्रा’ फ्रेन्चाइज । यसका अघिल्ला दुईवटा श्रृंखला ‘सुपरहिट’ भएका थिए । शुक्रबारबाट यसको तेस्रो सिक्वेल ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । विदेश राइट्स र डिजिटल राइट्सबाट लगानी उठाइसकेको यो फिल्मले अब हलबाट गर्ने कमाई निर्माताको मुनाफा हुनेछ । तर, हिटको ट्याग पाउन भने फिल्मले नेपालमै लगानी सुरक्षित गर्नुपर्ने हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-21, बिहिवार

यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्मले नै बक्स अफिसमा ठूलो सफलता पायो । अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ । बिहीबार युट्युबमार्फत् फिल्मको २ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गर्दै कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-21, बिहिवार

यही चैत २३ गतेबाट प्रदर्शन हुन लागेको शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । भारतका चर्चित कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देश समेत राखिएको ट्रेलरमा दुईअर्थी संवादलाई प्राथमिकता दिइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-21, बिहिवार

यस वर्ष उच्च कमाई गर्ने फिल्मको सूचीमा ‘जारी’ अग्रस्थानमा छ । १७ करोड ग्रस कलेक्सनको रेकर्ड बनाएको फिल्मलाई यो वर्ष कुनैले टक्कर दिन सकेका छैनन् । अब यो अपेक्षा फिल्म ‘महाजात्रा’बाट गरिएको छ । यसका अघिल्ला दुईवटा श्रृंखला ‘सुपरहिट’ भएकाले फिल्मले बक्सअफिसमा आकर्षक अंक जोड्ने प्रक्षेपण धेरैको छ । र, सिंगो फिल्म क्षेत्रकै आशा यो फिल्ममाथि देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-21, बिहिवार

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित भएर बनेको फिल्म ‘मोदीबेनी’को ३१औं दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार बिहान पर्वत जिल्लाको फलेवासमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता प्रवीण खतिवडाले अन्तिम सट दिएसँगै फिल्म प्याकअप भएको हो । फिल्मको दुई चरणमा छायांकन गरिएको थियो । पहिलो चरणको छायांकन काभ्रेको भकुन्डेमा भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-03-21, बिहिवार

आगामी बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको कथा, यता न उता’ बोलको गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीको शब्द रचना छ । गीतमा अभिनेत्री केकी अधिकारी नवविवाहित दुलहीको रुपमा देखिएकी छन् । गीतले उनको खुसी र पीडा भाव बोलेको छ ।

Results : 2635 - 2640 of 23652
Most Visited News (monthly)