Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2623 - 2628 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-03-25, सोमवार

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’प्रति नेताहरुको समेत आकर्षण देखिएको छ । आइतबार रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले ललितपुरस्थित लबिम मलमा फिल्म हेरेका थिए । सोमबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि फिल्म हेर्ने तयारीमा छन् । प्रदर्शनकै दिन पूर्वरानी कोमल शाहले पनि फिल्म हेरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-25, सोमवार
फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार पहाडी र सोमबार तराई जिल्लामा मनाइँदैछ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो, होली । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिएको छ । आफन्त र साथीभाईसँग मिलेर विभिन्न रङ तथा पानी खेलेर खुसी साट्ने पर्वको रुपमा होलीलाई लिइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

राजनीतिक विषयमा फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । त्यसको क्यानभास नै ठूलो हुन्छ । हरेक दृश्यमा मानिसको भीड चाहिन्छ । आमसभा, र्‍याली, भेला, झडप जस्ता दृश्य खिच्न हजारौंको भीड देखाउनुपर्छ । त्यो जुटाउन बजेट पनि ठूलै लाग्छ । यसैले त्यस्ता दृश्यमा ‘भिएफएक्स’को साहरा लिइन्छ । हलिउड होस् वा बलिउड फिल्म, आमसभाजस्ता दृश्य प्रायः ‘भिएफएक्स’बाटै बनाइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

दशैं/तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको थियो । केही फिल्मको व्यापार सुखद् देखिए पनि बक्स अफिसलाई पूर्ण रुपमा चलायमान बनाउन सकेका थिएनन् । यसैले फिल्म क्षेत्रकै अपेक्षा र आशा ‘महाजात्रा’मा थियो । त्यो अपेक्षामा फिल्म खरो उत्रिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर शुक्रबारबाट प्रदर्शन भएको फिल्मले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

गत असोजमा फिल्म ‘रावायण’लाई लिएर ठूलो विवाद उत्पन्न भयो । छायांकनमा निस्कने बेला अभिनेता अनमोल केसीले फिल्ममा काम नगर्ने निर्णय लिएपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्धामा उजुरी दिए । र, अनमोल पक्राउ परे । त्यसपछि फिल्मको निर्माण नै अन्योलमा थियो । अब सुदर्शनले ‘स्टारकास्ट’ हेरफेर गर्दै फिल्म बनाउने भएका छन् ।

Results : 2623 - 2628 of 23652
Most Visited News (monthly)