
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षबाट प्रेरित भएर निर्माण भएको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मलाई आगामी वर्षको माघ ११ गते प्रदर्शन गर्न लागिएको हो । निर्देशक मिलन चाम्सले पोस्ट प्रोडक्सनको काम सकाएर प्रचारमा पर्याप्त समय दिने सोचसहित आगामी माघलाई प्रदर्शन मिति घोषणा गरिएको बताए ।

फिल्मको लम्बाईमा एउटा सीमितता हुन्छ । हल रिलिजका लागि बन्ने फिल्म ३ वा ४ घण्टाका हुन्छन् । यो लम्बाई पनि धेरै मानिन्छ । बलिउडमै गत वर्ष प्रदर्शन भएको फिल्म ‘एनिमल’ ३ घण्टा २१ मिनेटको थियो । नेपालमै पनि फागुनमा रिलिज भएका दुई फिल्म ‘अगस्त्य’ र ‘रंगेली’को लम्बाई ३ घण्टा हाराहारी थियो । तर, विश्वमा एउटा यस्तो फिल्म बनेको छ, जुन हेर्न चार दिन समय लाग्छ ।

गत मंसिरदेखि माघसम्म ५ वटा फिल्म प्रदर्शनमा आए । जाडो मौसमका कारण फिल्म रिलिजमा कमी आएको थियो । त्यसमध्ये फिल्म ‘दयारानी’ले मात्र लगानी सुरक्षित गर्यो । चलचित्र विकास बोर्डको तथ्यांकमा फिल्मको लाइफटाइम कलेक्सन २ करोड ६० लाख ग्रस छ । फागुन महिनामा भने फिल्म रिलिजको बाढी नै देखियो । यो एक महिनामा मात्र ६ वटा नेपाली फिल्म प्रदर्शन भए ।

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा आयोजना हुने भएको छ । बुधबार रामेछापको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।

फिल्म ‘बाटो’को प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा उजुरी परेको छ । फिल्मका निर्माता चन्दन झाले डिसिएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेको उजुरी पत्रमा उल्लेख छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ले तीन दिन घरेलू बक्स अफिसमा उत्साहजनक व्यापार गर्यो । होली विदा सकिएसँगै कामकाजी दिन सुरु भएकाले फिल्मको व्यापारमा केही गिरावट आएको छ । तर, मध्याह्न र रात्रि शोजमा फिल्मको अकुपेन्सी उच्च छ । सुखद् ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले हलमा लामो यात्रा गर्ने सम्भावना देखिन्छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

