
आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।

फिल्म ‘पर्व’मा समावेश ‘काले दाई’ गीतमा अभिनेता निश्चल बस्नेतले नृत्य गरेका थिए । यो गीत हिट भएपछि उनलाई प्रायःले ‘काले दाई’को रुपमा सम्बोधन गर्ने गरेका छन् । गीतले भनेजस्तै उनको रुपरंग पनि कालो वर्णको छ । यसैले ‘काले दाई’ गीतमा उनी फिट देखिए । उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का भने निश्चिललाई काले केटाहरुको ब्रान्ड एम्बास्डरको संज्ञा दिन्छिन् ।

विवाहपछि अभिनेत्रीको करिअर सुस्ताउँछ भन्ने मान्यतालाई गलत सावित गरेकी स्वस्तिमा खड्काले कमर्शियल र आर्ट हाउस दुवै धारका फिल्ममा उपस्थिति जनाएकी छन् । उनले व्यावसायिक सफलताको लोभमा कमर्शियल र अभिनय तथा चरित्रमा फरकपन पस्किन ‘आर्ट’ फिल्म रोज्ने गरेकी छन् । स्वस्तिमाको करिअरलाई सन्तुलित बनाइराख्न यी दुई धारका फिल्मको ठूलो भूमिका छ ।

भाद्र १४ गते रिलिज हुने नेपाली फिल्म ‘ऐँचो पैँचो’को गीत 'काले केटाले' रिलिज गरिएको छ । बिहीबार यहाँ एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत रिलिज गरिएको हो । यसमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको छ भने अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को २२ वर्षपछि सिक्वेल निर्माण भएको छ । आगामी ११ अगस्टमा प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २ सेकेण्ड लम्बाईको टिजर इमोसनसँगै एक्सन प्याक्ड देखिन्छ । पहिलो श्रृंखला तारा सिंह र सकीनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरुको छोरामा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ ।

‘बाहुबली’, ‘केजीफएफ’, ‘आरआरआर’, ‘पुष्पा’ जस्ता फिल्मपछि नेपालमा साउथ फिल्मको निकै बलियो पकड बनेको छ । यसैले नेपालका वितरकहरुबीच साउथका साना तथा ठूला फिल्मको प्रदर्शन अधिकार लिन प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसबीच, पुराना वितरक सुनील मानन्धरले बलिउड फिल्म ‘उचाइँ’को सफलतापछि साउथ फिल्म ‘धूमम्’को नेपाल प्रदर्शन अधिकार लिएका छन् ।