
अभिनेता दयाहाङ राईको नाट्यकर्मको एउटा पानीढलो मानिन्छ, ‘डिग्री माइला’ । यसले नाटक निर्देशनमा उनलाई नयाँ पहिचान दिलाएको थियो । २०६९ सालमा पहिलोपटक मण्डला थिएटरमा यो नाटक मञ्चन गरिएको थियो । २०७१ सालमा पुनः मञ्चन भयो । अब यही नाटकको आइडिया र नाममा फिल्म निर्माण भएको छ । फिल्मको निर्देशक भने ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङ हुन् ।

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । बिहानी शोजमा ८० प्रतिशत अकुपेन्सी देखिएको फिल्मले दिउँसोबाट देशभरका हलमा दर्शकको चाप बढाएको थियो । मल्टीप्लेक्स तथा सिंगल थिएटर दुवैमा दिवा र रात्रिकालिन शोज अधिकांश हाउसफुल भए । फिल्मको एड्भान्स बुकिङभन्दा काउन्टरबाट बढी टिकट बिक्री भएको छ ।

आगामी नयाँ वर्ष अर्थात् चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र (दयाहाङ राई)को अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । दयाहाङका केही पञ्चलाइन रोचक छन् ।

बाबु साहेव बलामीको निर्देशनमा फिल्म ‘साम्राज्य’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच कलाकारको लाइनअप सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । फिल्ममा प्रशान्त ताम्राकार, कुन्दन भारद्वाज, अनुजा लेप्चा र देव सिंहको भूमिका रहनेछ । कुन्दनलाई लिएर यसअघि निर्देशक बलामीले फिल्म ‘देव वाणी’ बनाइसकेका छन्, जुन प्रदर्शनको पखाईमा छ ।

अभिनेता अभयराज बरालको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘अर्ध पागल’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । दुईजना मिल्ने साथी काठमाडौँदेखि लमजुङ्ग (घले गाउँ)सम्मको यात्रामा निस्कने क्रममा उनीहरुबीच आ-आफ्नो प्रेमिकालाई लिएर उत्पन्न मानसिक तथा शारीरिक द्वन्द्वमा फिल्म आधारित रहेको जनाइएको छ ।

‘प्रेमगीत’ निर्माता सन्तोष सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । शुक्रबार निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

