
एउटा उखान छ, ‘घुमिफिरी रुम्जाटार ।’ यही भएको छ नीति शाहको हकमा । अभिनेता अनमोल केसीको जोडी बन्ने गरी गत वर्ष उनले फिल्म ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर पछि अनमोलले फिल्म छाडे । जसले गर्दा उनीहरुबीच सहकार्य हुन सकेन । तर, नीतिको भाग्यमा अनमोलकै फिल्मबाट डेब्यू गर्न लेखेको रहेछ । अब फिल्म ‘रावायण’मा यी दुईको जोडी बाँधिने भएको छ ।

नेपाली फिल्ममा चार दशक विताइसकेका सुपरस्टार राजेश हमाल विगतमा झैं वर्तमान अवस्थामा अभिनयमा उत्ति सक्रिय छैनन् । तर, उनी अभिनयबाट टाढा पनि छैन । उनले ६ वर्षपछि फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । अब उनी राजनीतिमा आउने चर्चा चलिरहेको छ । विभिन्न नयाँ तथा पुराना राजनीतिक दलबाट उनलाई चुनाव लड्न बारम्बार प्रस्ताव पुगिरहेको हुन्छ ।

फिल्म‘रङ्गेली ग्याङस्टर’ले बलियो लाइनअप बनाएको छ । हालै मात्र यो फिल्ममा अभिनेताद्वय दयाहाङ राई र प्रविण खतिवडाले अभिनयको सम्झौता गरेका छन् । फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि कार्यकारी निर्माता जितेन्द्र खतिवडाले गरे ।


अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्तले तेस्रो पटक फिल्ममा एकसाथ काम गर्ने भएका छन् । ‘भैरे’ र ‘के घर के डेरा’पछि फिल्म ‘कार्साङ’मा उनीहरुको जोडी बाँधिन लागेको हो । यसै हप्ता निर्माण टिमले फिल्मको मुख्य भूमिकामा सुरक्षालाई अनुबन्ध गरेको हो । दयाहाङसँग भने गत जेठ दोस्रो साता सम्झौता गरिएको थियो । आगामी तिहारपछि फिल्मको छायांकन सुरु गरिँदैछ ।

कमै अभिनेत्रीलाई डेब्यू फिल्मबाटै सफलताको उत्कर्षमा पुग्ने मौका मिल्छ । यसमानेमा भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । पहिलो फिल्म ‘ड्रिम्स’ले नै उनलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालिसकेको थियो ।