
निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् । फिल्म क्षेत्रमा उनी विगत तीन दशकदेखि सक्रिय छन् ।

एक महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मन्त्रालयले तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । मन्त्रालयले दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम सिफारिस गरेको हो । अब यिनै तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

हिरोको परम्परागत हुलियामा अटाउँछन्, प्रकाश शाह । तर, उनको चरित्र छनोट अलग देखिन्छ । उनले आफूलाई हिरोको रुपमा नभइ भिलेनको रुपमा स्थापित गराउन खोजिरहेका छन् । पहिलो फिल्म ‘लभ स्टेशन’मा नै उनी स्टाइलिस भिलेन बनेर प्रस्तुत भए । त्यसपछि ‘साङ्लो’मा पनि उनी भिलेनको भूमिकामा देखिए । अब उनी तेस्रो पटक भिलेन बनेर फिल्म ‘रावायण’मा देखिँदैछन् ।

द्वन्द्वकालीन समयको प्रेमकथामा बनेको फिल्म ‘खुस्मा’ आगामी असोज ३ गते (संविधान दिवस)देखि प्रदर्शनमा आउने तयारीमा छ । टिजर र ‘खुसीका फूल बटुलेर’ बोलको गीतले राम्रो चर्चा पाइरहँदा तीन दिनअघि फिल्मको दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको थियो । जसलाई यतिबेला युट्युबमा राम्रो भ्यूज र प्रतिक्रिया मिलिरहेको छ । गीत युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनेको फिल्म ‘एक्टर’को एक साताअघि फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जसमा प्रदीप पाँच भिन्न चरित्रमा प्रस्तुत थिए । तर, उक्त पोस्टर युट्युबका लागि बनाउने थम्बनेलभन्दा पनि कमजोर रहेको भन्दै टिप्पणी भयो । प्रदीपले टाउकोमा ब्यान्डेज बाँधेको गेटअप बलिउड फिल्म ‘जवान’बाट प्रभावित भएको आरोप समेत लाग्यो ।

निर्देशक मिलन चाम्सले आफ्नो हरेक फिल्मको प्रिमियरमा तामझाम देखाउन कुनै कसर छाड्दैनन् । यसैले त फिल्मभन्दा उनको प्रिमियर गर्ने शैलीको बढी प्रशंसा हुन्छ । गत वर्ष आएको फिल्म ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरलाई उनले युद्धस्थल जसरी सिंगारेका थिए । यही शुक्रबार (भदौ १४ गते)देखि प्रदर्शन हुन लागेको ‘वर एन्ड वधु’को प्रिमियर पनि मिलनले फरक शैलीमा गरे ।

