Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2377 - 2382 of 23652
फिल्मीखबर, काठमाडौं, 2024-05-24, शुक्रवार

केही समयअघि आफ्नो एउटा लेखमा ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाले भनेका थिए, ‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरु नेपाली फिल्ममा स्थापित भए पनि उनीहरु राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन् ।’ उनको आशय थियो, नेपाली फिल्ममा अनुहारको विविधता थपिए पनि दयाहाङले हमालझैँ गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिँदा आफ्नो लय गुमाए ।

फिल्मीखबर, काठमाडौं, 2024-05-23, बिहिवार

बुद्ध जयन्तीको विदा पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले घरेलु बक्स अफिसमा सानदार ओपनिङ गरेको छ । फिल्मलाई देशभरका हलमा दर्शकको उत्साहजनक साथ देखियो । बिहान ४०/५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको फिल्मले मध्यान्हबाट दर्शकको चाप बढाएको थियो । दिउँसो र रात्रिकालिन प्रायः शोजमा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो ।

फिल्मीखबर, काठमाडौं, 2024-05-23, बिहिवार

‘नुमाफुङ’ जस्तो मास्टरपिस फिल्म दिएका नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक साढे ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा फिल्मले भन्ने ट्रेलरले बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-23, बिहिवार

पहिलो फिल्म ‘ड्रिम्स’बाटै ‘स्टार’ कहलिएकी थिइन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको करिअर झनै उत्कर्षमा पुर्‍यायो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि सफल भएपछि उनी ‘डिमान्डेड’ बनिन् । त्यसबेला उनले चलेका हिरोबराबर पारिश्रमिक बुझ्ने गरेकी थिइन् । तर, श्रृंखलाबद्ध विवाद र फिल्म छनोटमा चुक्दा उनको स्टारडम नै खस्कियो ।

फिल्मीखबर, काठमाडौं, 2024-05-23, बिहिवार

गीतमा ‘हिट मेशिन’ मानिएका प्रकाश सपूतको परिचयको दायरा फराकिलो बनेको छ । गायनमा स्थापित उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’बाट अभिनेताको पनि परिचय बनाए । पहिलो फिल्म नै व्यावसायिक रुपमा सफल हुँदा उनलाई आगामी यात्रा थप सहज भएको छ । र, उनी मेकरहरुको रोजाईमा पर्न थालेका छन् । अहिले फिल्ममा उनको माग चर्किँदो देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-23, बिहिवार

यस वर्षको ठूलो रिलिज मानिएको ‘पूजार सार्की’ र ‘फर्की फर्की’को भाग्य परीक्षा सुरु भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट दुवै फिल्म व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैमा ठूला ‘स्टार’ छन् । यसैले यो रिलिजलाई प्रतिष्ठाको लडाईंको रुपमा हेरिएको छ । इनिसियल व्यापार ‘स्टार’कै काँधमा हुने भएकाले यसलाई स्टारडमको परीक्षा समेत मानिएको छ ।

Results : 2377 - 2382 of 23652
Most Visited News (monthly)