
सरकारले फिल्म छायांकनका लागि स्टुडियो निर्माणको काम अगाडि बढाउने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेको बनेपामा फिल्म स्टुडियो निर्माणको काम सुरु गरिने जानकारी गराएका हुन् ।


निर्देशक सिमोस सुनुवारले एकपटक फेरि अभिनेता सौगात मल्ललाई लिएर फिल्म बनाउने भएका छन् । यसअघि ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा सहकार्य गरेका उनीहरुको नयाँ फिल्म ‘जन्ते बाख्रो’मा टिमअप भएको छ । सोमबार सौगातसँग निर्माताले कागजी सम्झौता गरेका छन् । आगामी भदौबाट छायांकनको तयारी गरिएको फिल्म गाम्रीण परिवेशमा आधारित हुने जानकारी प्राप्त छ ।


फिल्म ‘फर्की फर्की’बाट सुपरस्टार अनमोल केसीले अघिल्लो फिल्म ‘छड्के २’बाट गुमेको स्टारडम फर्काएपछि अब उनकै फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई पनि आफ्नो नयाँ फिल्म ‘लण्डन टू पेरिस’बाट स्टारडम ‘रिन्यू’ गर्नुपर्ने चुनौती रहेको टिप्पणी भैरहेको छ । अघिल्ला केही फिल्महरु असफल हुँदा उनको करिअरलाई नै प्रत्यक्ष रुपमा असर पारेको छ ।

आगामी साउन ११ गते अर्थात् जुलाई २६ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाह प्रस्तुत छन् । दुवै रोमान्टिक भावमा देखिएका छन् । अनु र पृथ्वीले यो फिल्मबाट करिब ५ वर्षपछि कमब्याक गरेका हुन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

