Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2389 - 2394 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-28, सोमवार

बलियो ‘स्टारकास्ट’ लिएर फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको उपस्थिति थियो । मुहूर्तअघि बगलामुखी मन्दिरमा फिल्मका कलाकारहरु विशेष पूजाआजामा सहभागी भएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-10-28, सोमवार

यही कात्तिक १५ गते अर्थात् तिहारको लक्ष्मीपूजाबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको तयारीमा छ । सारङ्गी बजाएर परिवारको जीविकोपार्जन गर्ने एक बाबुले छोराका लागि गरेको त्याग र देखेको सपनामा फिल्मको कथावस्तु केन्द्रित छ । टिजर र ट्रेलर हेर्दा फिल्मको कथा मौलिक लाग्छ । यसैले निर्देशक सरोज पौडेल फिल्मलाई जुम्लाको स्याउको रुपमा अर्थ्याउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-28, सोमवार

नेपाली फिल्म हलमा भन्दा ज्यादा प्रिमियरमा प्रशंसित र सुपरहिट हुन्छन् । प्रायः नेपाली फिल्मको प्रिमियरमा हलको सिट नै खाली हुँदैन । प्रशंसा उस्तै ओइरो आउँछ । हलमा निदाएर उठेकाहरु पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँधिदिन्छन् । र, त्यसलाई जित ठानेर फिल्मकर्मीहरु गदगद भइरहेका हुन्छन् । तर, जब फिल्म रिलिज हुन्छ, तब माहोल नै अर्कै देखिन्छ । प्रिमियरमा ‘हाउसफुल’ भएको फिल्म हलमा दर्शक अभावले दुई दिन पनि टिक्न सक्दैन ।

एजेन्सी, काठमाडौं, 2024-10-27, आईतवार

कुनै बेला बलिउडको छायाँमा परेको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँ स्टारहरुको पारिश्रमिक पनि उतिक्कै चुलिँदो छ । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-27, आईतवार

सहायक भूमिकामा रुचाइएका कलाकार हुन्, विजय बराल । ‘कबड्डी’मा निभाएको ‘बिके’ चरित्रले उनलाई कलाकारितामा स्थापित गरेको थियो । यसपछि उनी ‘बिके’कै शैलीको चरित्रमा बढी देखिए । तर, यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा उनले भूइँमान्छेको चरित्र बाँचेका छन् । अर्थात् गन्धर्वको भूमिकामा छन् । यसमा उनलाई तन्नेरी र बुढ्यौली दुई अवस्थामा देख्न सकिन्छ । टिजर र ट्रेलरमा उनको अभिनय मर्मस्पर्शी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-27, आईतवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ घरेलु बक्स अफिसमा कीर्तिमान बनाउने बाटोमा छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा तिहार विदाभित्र ‘कबड्डी ४’ले बनाएको लगभग २३ करोडको ऐतिहासिक रेकर्ड तोडिन सक्ने देखिन्छ । तेस्रो हप्ताको शनिबारसम्म फिल्मले १९ करोडको आँकडा नघाएको छ । फिल्मको अनपेक्षित सफलताले फिल्म क्षेत्र नै आश्चर्यमा छ । 

Results : 2389 - 2394 of 24232
Most Visited News (monthly)