Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2365 - 2370 of 23805
फिल्मीखबर, काठमाडौं, 2024-07-07, आईतवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’मा अभिनेत्री वर्षा राउतले दुई सन्तानको आमाको भूमिका निभाएकी थिइन् । तर, वास्तविक जीवनमा भने उनले मातृत्व अनुभव गरेकी छैनन् । अभिनेता संजोग कोइरालासँग ६ वर्ष लामो प्रेम सम्बन्धपश्चात् २०७५ सालमा विवाह गरेकी उनलाई रिसेप्सन पार्टीको दिनबाटै सन्तानबारे प्रश्न आउन सुरु भएको थियो । र, त्यो अहिलेसम्म कायम छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-06, शनिवार

यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक ‘यानीमाया’ गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर चित्रित यो गीतमा घरज्वाइँ बस्ने पात्रको मनोभाव र उसले गरेको संघर्षलाई दर्शाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-06, शनिवार

कुनै सफल नेपाली फिल्ममा निर्विकल्पझैँ थिइन्, अभिनेत्री करिश्मा मानन्धर । उनको नामले नै फिल्म चल्ने युग थियो । तर, उमेर ढल्किएसँगै फिल्मबाट आउने प्रस्ताव फेरियो । विशेषगरी आमाको भूमिकामा प्रस्ताव आउन थालेपछि उनले लामो समय फिल्म नै गरिनन् । गत वर्ष आएको फिल्म ‘बगान’बाट उनले पाँच वर्षपछि कमब्याक गरेकी थिइन् । यसमा उनको आमाकै भूमिका थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

पछिल्लो समय फिल्मप्रति दर्शकलाई आकर्षित गर्न मेकरहरुले अनेक जुक्ति अपनाउने गरेका छन् । कसैले फिल्मको थिमअनुसार विभिन्न प्रतियोगिता गरिरहेका छन् भने कसैले प्रचारका लागि फरक शैलीमा ‘कन्टेन्ट’ तयार पारिरहेका छन् । यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले भने प्रचारका खातिर र्‍‍याप गीत बनाएका छन्, जुन शुक्रबार रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को ‘तिमी आयौ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर, भीष्मराज फूलाराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा फिल्मका अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । एक हप्ताअघि यो गीतको लिरिकल भिडियो रिलिज गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-07-05, शुक्रवार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ऐन अभावका कारण आदिवासी जनजाति फिल्महरु ओझेलमा परेको बताएका छन् । बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार बालग्राम सुनसरीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अब नयाँ ऐन पारितका लागि फिल्मकर्मीहरुले आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

Results : 2365 - 2370 of 23805