मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2365 - 2370 of 22607
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २८, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २८, बिहिवार

फिल्म क्षेत्रमा कलाकारको ‘लभ लाइफ’को चर्चा बढी हुने गर्छ । त्यसमाथि अभिनेता आकाश श्रेष्ठको त अलि बढी नै हुन्छ । फिल्म ‘रामकहानी’पछि उनको नाम अभिनेत्री पूजा शर्मासँग जोडियो । जहाँ जाँदा पनि एकसाथ हुनु, फिल्म र म्यूजिक भिडियोमा जोडी नटुट्नु, एकअर्काको तारिफमा नथाक्नु उनीहरुबीच प्रेम प्रमाणित गर्ने आधार थिए । भलै दुवैले कहिल्यै पनि प्रेम स्वीकार गरेनन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २८, बिहिवार

राजनीतिक विषयवस्तुमा निर्माण भएको दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा प्रशंसा मिलेको छ । बुधबार बेलुका सितापाइलास्थित सीके सिनेमाज् हलमा भएको रेड कार्पेट प्रिमियरमा फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशन, गीतसंगीत र छायांकन पक्षको प्रशंसा भयो । दयाहाङ राई र मिरुना मगरको जोडीको तारिफमा पनि अतिथिहरुले शब्द खर्चिए ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २७, बुधवार

अभिनेत्री मिरुना मगरको जन्म हङकङमा भयो । बाल्यकाल नेपालको धरानमा वित्यो । अनि, पढाई बेलायतमा भयो । अहिले पनि उनको परिवार बेलायतमा बस्ने गर्छन् । बाल्यकालदेखि नै उनमा अभिनयप्रति रुचि थियो । आखिर एक समय रंगमञ्चमा ठूलो नाम कमाएकी शशी थापा सुब्बाकी छोरी न हुन् । आमाकै लिगेसी पछ्याउँदै मिरुनाले पनि रंगमञ्च हुँदै फिल्मसम्मको यात्रा तय गरिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २७, बुधवार

फिल्म ‘एक भगवत् गीता’ नामलाई लिएर उत्पन्न विवाद टुंगिसकेको छ । केही हिन्दूवादी संस्थाहरुले धर्मग्रन्थ ‘श्रीमद्भगवद गीता’को नाममा फिल्म निर्माण गरेकोमा आपत्ति जनाउँदै शीर्षक परिवर्तन गरिनुपर्ने माग राखेका थिए । आइतबार चलचित्र विकास बोर्डको रोहवरमा फिल्मको टिम र धार्मिक संगठनहरुबीच ‘एक भागवत र एक गीता’ शीर्षकमा सहमति जुटेपछि विवाद टुंगिन पुगेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २७, बुधवार

नेपालमा फिल्मकर्मीभन्दा धेरै संघ-संस्थाहरु भैसकेका छन् । फिल्मको हरेक विधामा काम गर्नेहरुको आ-आफ्नै संस्था छन् । तर, अधिकांश संस्थाहरु महाधिवेशन अर्थात् चुनावको समयमा मात्र मुख देखाउँछन् । अरु बेला अस्तित्वमा नै हुँदैनन् । फिल्म क्षेत्रमा केही समस्या देखिए ‘तैँ चुप मैँ चुप’ झैँ हुन्छन् । चुनावको बेलामा भने ठूलो राजनीति हुन्छ । पार्टीगत हिसाबले जित-हार हुने गर्छ ।

Results : 2365 - 2370 of 22607